यो हो हरेक बर्ष तिहारमा स्व.श्रीकृष्णलाई सम्झाउने धेउसी गीत (भिडियो सहित)

ईटहरी/ शरीरले धर्ती छोडेपनी आत्मा बाचिरहन्छ भने झै स्व. नायक श्रीकृष्ण श्रेष्ठको याद अझै हरेक मानिसमा जिवितै छ । उनले आफ्नो जिवनको अन्तिम फिल्म ‘कोहिनुर’ आम नेपाली सिने दर्शकको लागि छोडेर गए । तर उनी गए पनि उनका सम्झना आईरहने चिजहरु हामी माझ थुप्रै छन । अहिले तिहारको माहौल छ ।

हरेक बर्ष तिहारका थुप्रै गीतहरु सार्बजनिक हुने गर्छन् तर कोहिनुर मा समाबेश ‘धेउसी गीत’ हरेक साल तिहारमा गुन्जिने गर्छ । भिडियोमा स्वेता र श्रीकृष्ण छमछमी नाचेका छन् । स्वेताले सो गीतमा श्री लाई सम्झेर संगै नाचेकी हुन्छिन ।

उक्त धेउसी भैलो गीतलाई अन्जु पन्त र प्रमोद खरेलले स्वरबद्द गरेका छन । देश तथा बिदेशका धेरै तिहार विशेष कार्यक्रमहरूमा युवायुवति देखि वृद्ध-बृद्दा सम्म यो गीतमा नाच्ने गर्छन् । सुन्दर श्रेष्ठको संगीत रहेको गीतमा सम्भुजित बास्कोटाले संगीत भरेका छन । भिडियोलाई बसन्त श्रेष्ठले कोरियोग्राफी गरेका छ ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…