‘यो पागल मन’ को ट्रेलर सार्बजनिक (भिडियाे सहित)

असार २९ गते सार्बजनिक प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘यो पागल मन’ को ट्रेलर सार्बजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्रको ट्रेलर सार्बजनिक गरिएको हो । कल्याण अधिकारी निर्देशित चलचित्रलाइ बिरेन्द्र कुमार यादब र कल्याणले मिलेर निर्माण गरेका हुन् । लब स्टोरी जनरामा बनेको चलचित्रमा बिनोद न्यौपाने, रिचा सिंह ठकुरी, गौरी मल्ल, राजेश ढुंगाना, मनिष भण्डारी, बिशाल श्रेष्ठ,एनी कुँवर लगाएतको अभिनय रहेको छ ।

अर्जुन पोखरेलको संगीत रहेको चलचित्र लाइ शम्भु सापकोटाले खिचेका हुन् । अनिल गौतमको सम्पादन रहेको चलचित्रमा भोमन कटुवालको मुख्य सहायक निर्देशन रहेको छ । कमल राइको कोरियोग्राफी रहेको चलचित्रमा द्वन्द निर्देशन राजु किरांतको रहेको छ भने सामिप्यराज तिमल्सिनाको पटकथा सम्बाद रहेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया