‘यो दाजुको मिर्मिरे आँखा’ गीतका सर्जक धनबहादुर गायककाे निधन

काठमान्डाैं / कलाकार धनबहादुर गायकको निधन भएको छ । सार‌ंगी संरक्षणका अभियन्ता एवं चर्चित गायक तथा शब्द संकलक धनबहादुर छाती र फोक्सोमा समस्या देखिएपछि मनिपाल मेडिकल कलेज शिक्षण अस्पताल भर्ना भएका थिए।

उच्च रक्तचापका कारण स्वास्थ्यमा समस्या आएपछि केही दिनदेखि गायकलाई अस्पतालको आईसीयूमा राखेर उपचार गरिदै आएको थियो । उनका यो दाजुको मिर्मिरे आँखा, बेली र चमेली, फूल माया नभुल लगायतका गीतहरु चर्चित छन् ।

तपाईको प्रतिक्रिया