यी हुन् भोजपुरीमा चोरि भएका ४ चर्चित नेपाली गीतहरू

नेपालि सिने उद्योग वा संगीत उद्योग दुबैलाई चोरी वा प्रभावितको आरोप खुबै लाग्ने गरेको छ । यस्तो आरोप नेपाली-नेपाली गीत भित्र पनि छ भने यो भन्दा बढी हलिउड र बलिउडबाट गीत, सम्बाद, संगीत जस्ता कुराहरु चोरिएको भनेर आरोप लाग्ने गरेको छ । तर हाम्रै नेपाली गीतहरु पनि हुबहु चोरिएको हामी माझ छर्लङ्ग छ । आज यसै अर्थात भोजपुरी र हिन्दिमा नेपाली गीत चोरिएको कुरालाई प्रस्तुत गर्दै छौ ।

१) पिउदिन भन्दा भन्दै – शिव परियार

नेपाली सुगम संगीतका लोकप्रिय गायक शिव परियारको आवाजमा रहेको ‘पिउदिन भन्दा भन्दै’ बोलको गीतलाई भोजपुरी भाषामा चोरिएको थियो । ताराप्रकाश लिम्बूको संगीत र निकारिका लक्ष्मी शाहीको शब्द रहेको गीत लाई त्रिभुवन दास नामका गायकले भोजपुरीमा ‘दुनियाँ बा बेकार’ बोलमा गीत सार्वजनिक गरेका थिए ।

२) बसमा छैन यो मन – राजेश पायल राई

त्यस्तै नेपाली चलचित्र ‘बसमा छैन यो मन’को टाईटल गीत ‘बसमा छैन यो मन’ लाई पनि भोजपुरीमा कपि गरिएको थियो । गीतमा बिनोद खम्बुको संगीत रहेको छ भने मेघा स्टार राजेश पायल राईले स्वर भरेका छन् । डान्सिङ बिटको यो गीतलाई भोजपुरीमा ‘तोरा जान चाहिँ’ बोलको गीतमा अजय अनुरागी नामका गायकले संगीत र शब्द नै कपी गरेका थिए ।

३) बाझो खेतमा – कोमल ओलि र प्रेमराजा महत

नेपाली चलचित्र ‘माइली’ मा समावेश गरिएको गीत ‘बाझो खेतमा छड्के सलाम छ’ लाई पनि भोजपुरिमा कपि गरिएको छ । गीतलाई शम्भुजित बाँस्कोटाले संगीत भरेका छन् भने कोमल वली र प्रेमराजा महतले स्वर भरेका छन् ।भोजपुरीमा ‘तोरा के देखनी’ नाम दिइएर सार्बजनिक भएको गीत अहिले पनि भोजपुरीको बाहुल्यता रहेको समुदायमा चर्चित छ ।

४) म त मर्छु कि क्याहो ठुली – राजेश पायल राई

नेपाली चलचित्र ‘ठुली’ मा समाबेश भएको यो गीत नेपालमा सर्बाधिक चर्चाको गीत हो । चोरिएको गीतलाई अङ्ग्रेजी नयाँ बर्ष विशेष बनाएर सार्बजनिक गरेको छ । अर्थात नेपालको नाम राखेर गीत नै ‘न्यु ईयर मनाए नेपाल मे’ बोलमा निर्माण गरिएको थियो । नेपाली सर्जक संग गीतको अधिकार रहेको छ भने बिना अनुमति उक्त गीत तथा भिडियो भोजपुरीमा सार्बजनिक गरिएको थियो ।

उक्त भोजपुरी भर्सनलाई खुश्बु उत्तम र प्रबिन उत्तमले गाएका छन भने शब्द डा. रन्जु शिन्हा र संगीत चन्दन शिन्हको भनिएको छ । तर नेपालि सर्जकको कहि कतै नाम उल्लेख गरिएको छैन । नेपाली सर्जक संग सर्बाधिकार रहेको ‘ठुली’ लाई लोकप्रिय गायक राजेश पायल राई र गायिका ईन्दिरा जोशिले गाएका हुन् । गीतमा वसन्त सापकोटाको संगीत रहेको छ भने शब्द एभरेस्ट सुर्य बोहराको रहेको छ । यो गीतको भिडियो युट्युबमा पनि लोकप्रिय छ ।

तपाईको प्रतिक्रिया

×