यि हुन् बिग फ्यान, घाटिमा रेखा थापाको नामको ट्याट्यु

काठमाडौँ/ निकै सफल अनि निकै मेहनती नायिका, निर्मात्री, गायिका, निर्देशक, राजनीतिज्ञ तथा समाजसेवी रेखा थापाको नेपालमा सबै भन्दा बढी फ्यान छन् । बच्चा देखि बुढा र युवा युवती सबैले रेखालाई चिन्छन् ।

सबैले चिनेरै नै उनि नेपालको नम्बर एक नायिकाको रुपमा चिनिन्छिन् । उनि हिम्मतावाली नायिकाको रुपमा पनि चिनिन्छिन् । फिल्ममा हिरो सरह प्रस्तुत भएर नै उनि निकै चर्चित छिन् ।

उनको यति धेरै फ्यान मध्यका एक हुन् सोरभ शर्मा । सोरभले केहि दिन अघि मात्र रेखाको ट्याटु आफ्नो घाटीमा खोपेका छन् । उनले रेखु भनेर ट्याटु खोपेका छन् । उनि भन्छन् ‘म रेखालाई रेखु भन्छु तेसैले रेखु लेखेर ट्याटु खोपेको हु, म रेखाको सबै भन्दा ठुलो फ्यान हु र ट्याटु खोप्ने मेरो चाहाना थियो पुरा भयो’ । उनि आफुलाई रेखाको सबै भन्दा ठुलो फ्यान मान्छन् ।

तपाईको प्रतिक्रिया

Loading…