याे चर्चित नेपाली गीत, जसकाे भिडियो झण्डै १५ बर्षपछि सार्बजनिक (भिडियाे)

कुनै समयको चर्चित गीतको भिडियो सार्बजनिक भएको छ । नरेन्द्र प्यासीको आवाजमा रहेको ‘के भुल भयो प्रीया’ बोलको गीतको भिडियो सार्बजनिक भएको थियो । यो गीत निकै चर्चित भए पनि हाल सम्म भिडियो भने बनेको थिएन । गायक नरेन्द्र प्यासिलाई नेपाली साङितिक दुनियामा स्थापित र चर्चित बनाउने गीत पनि यहि हो ।५० को दशक अर्थात आज भन्दा झन्डै १५ बर्ष पहिले सार्बजनिक भएर रेडियो नेपालको साङितिक कार्यक्रमहरुमा मुख्य प्राथमिकताको साथ बज्ने गर्दथ्यो । गायक प्यासीको ‘तिमिले दिने माया’ लगायतका गितहरु चर्चामा छ । अहिले पनि उनका गीतहरु मिडियामा बज्ने गरेको छ ।

नरेन्द्रको ‘के भुल भयो प्रीया’ गीतलाई कृष्णहरि बरालले लेखेका छन् भने मदन दिपबिमले संगीत भरेका हुन् । उक्त गीतको म्युजिक भिडियोलाई म्युजिक नेपालले प्रस्तुत गरेको छ । शोभा पौडेल र बिमल अधिकारीले अभिनय गरेको भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् । राजेश घिमिरेको छायांकन रहेको भिडियोलाई अमर शाक्यले सम्पादन गरेका हुन् ।

हेर्नुस भिडियो ।

तपाईको प्रतिक्रिया