यस कारण गरे रेखा र आर्यनले सुटुक्क मन्दिरमा विवाह

काठमाडौँ । लामोसमय देखि बन्द रहेको बोलचाललाई खुलाएको केहिदिन नबित्दै रेखा थापा र अभिनेता आर्यन सिग्देलले यो सम्बन्धलाइ विवहामा परिणत गरेका छन् । आर्यन र रेखाले बिवाह गरेको तस्विर सामाजिक संजाल मार्फत रेखाले सार्वजनिक गरेकी छन् । आर्यन र रेखाको विवाह यथार्थमा नभएर फिल्म ‘रुद्रप्रिया’ को लागि भएको हो।

कार्तिक २ गते रिलिजको मिति तोकिएको यस फिल्मलाइ रेखा फिल्मसले निर्माण गरेको हो भने फिल्म रेखा थापा र आर्यन सिग्देल मुख्य भूमिका रहेको छ । धमाधम छायाँकान भइरहेको यस फिल्ममा सात बर्ष आर्यन र रेखाको जोडीलाई दर्शकले देख्न पाउने छन् ।

तपाईको प्रतिक्रिया

Loading…