यस्तो छ विवाहपछि दीपिकाको आग्रहमा रणवीरले अनिवार्य गर्नुपर्ने ३ काम

एजेन्सी/ बलिउड फिल्म उद्योगकै सर्वाधिक चर्चित जोडी रणवीर सिंह र अभिनेत्री दीपिका पादुकोणले केहि समयअघि विवाह गरे । विवाहपछि गृहस्थीमा ब्यस्त यी जोडीबिचको एक अर्काप्रतिको केयरिङ र प्रेमका कुराहरुले अझै बलिउडमा चर्चा चलिरहेको छ । विवाहपछि दीपिकाले रणवीरमाथि केहि प्रतिवन्ध लगाएकी छिन् जुन रणवीरले पालना गर्नै पर्ने छ । फिल्म फेयरसँगको एक अन्तर्वार्ताको क्रममा रणवीरले सो खुलासा गरेका हुन् ।

रणवीरले श्रीमती दीपिकाले आफूमाथि लगाएको तीन प्रतिबन्धमा पहिलो राती अबेरसम्म घर बाहिर बस्न नहुने, दोस्रो घरबाहिर निस्कनुअघि घरको खानाखाएर निस्कनुपर्ने र तेस्रोमा श्रीमती दीपिकाले गरेको हरेक फोन कल उठाउनुपर्ने रहेका छन् । दीपिकाले रणवीरलाई अन्य कुरा बिर्सीएपनि यी कुरा सधैं याद राख्न सुझाएको समेत रणवीरले बताए । रणवीरले भने यी तीनै कुरा पुरा गर्न नसकेतापनि आफु श्रीमतीलाई अत्यधीक माया गर्ने र उत्कृष्ट श्रीमान बन्न हरपल प्रयासरत रहने जनाएका छन् । वैवाहिक जीवन पश्चात रणवीर सिंह यतिखेर आफु अभिनित फिल्म ‘सिम्बा’को सफलताले हर्षित छन् । जुन फिल्मले प्रदर्शनको तेस्रो हप्तासम्ममा २२७ करोड ब्यापार गरिसकेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…