यति छ सलमानको बडिगार्डको मासिक तलब

सलमान खान एक कलाकार मात्र नभएर धरै मानिसहरुको लागी आईडल पनि हुन् । सलमानलाई धेरैको करिअर बरबाद गरेको आरोप लागेको छ तर जसको करिअर उनले बनाएका छन् उनीहरुले सलमानालाई भगवान मानेका छन् । सलमानलाई भगवान मान्नेको सुचीमा उनको बडिगार्ड शेरा पनि पर्छन् । शेरा पछिल्लो २० बर्षदेखी सलमानको बडिगार्ड हुन् ।

हालै एक खबर आएको थियो कि जस्टिन बिबर जब भारतमा आउनेछिन् तब शेरा नै उनको ब्यक्तिगत बडिगार्ड बन्नेछन् । १० मे मा जस्टिन बिबरको मुम्बईमा एक कन्सर्ट छ । भनिन्छ सलमानले नै शेरालाई जस्टिनको बडिगार्ड बन्नको लागी सुझाब दिएका हुन् । शेरा जब सलमानको बडिगार्ड भएका थिएनन् तब भारत आउने सेलिब्रेटीको बडिगार्ड बन्थे । शेरालाई फेरी एकपटक यो काम गर्नलाई मौका मिलेको छ ।

सलमानको सफलतामा शेराको एकदमै ठुलो हात रहेको छ , उनी एक शिख परिवारका हुन् । पढाईमा खासै ध्यान नदिने उनले जसोतसो स्कुल लेभलको पढाई पुरा गरे । उनको पहिल्यैदेखी आफ्नो बडि बनाउन एमदमै मन थियो । उनि जिम जान्थे भने आफ्नो बुवाको अटो मोवाईल कम्पनीमा काम पनि गर्थे । १८ बर्षको भएपछि उनले मिस्टर मुम्बई र मिस्टर महाराष्ट्रमा सहभागी समेत भएका थिए । उनको बडि देखेपछि एक बडिगार्ड कम्पनीले उनलाई जब अफर गरेको थियो ।

यो जबमा शेरालाई भारतमा आउने सेलिब्रेटीको गार्ड बन्न पर्थ्यो । शेरालाइ यहि काममा मजा आउन थाल्यो । सन् १९९५ मा एक पाटीको क्रममा शेराको सलमान खानसँग भेट भएको थियो । त्यसपछि सलमान चंडीगढ गए त्यहाँ उनी भिडमा नराम्रो तवरले फसे । त्यसपछि सलनमाको दाईले सोचे कि उसलाई एक राम्रो बडिगार्डको जरुरत छ । अनि सोहेल (सलमानको दाई)को दिमागमा आयो शेरा । सोहेल शेराको ज्यानबाट अत्यन्त प्रभावित थिए । शेराले १९९३ मा ‘टाईगर सेक्युरिटी’ नामक कम्पनी पनि खोलेका थिए ।

सोहेलले शेरासँग सम्झौता गरे र सोधे ‘भाईसँग सधै रहन्छौँ ?’ त्यतिबेला शेराले ‘रहन्छु’ भनेका थिए । त्यतिबेलादेखी आजसम्म शेरा सलमान खानसँगै छन् । यसरी साथ दिने शेरालाई सलमानले १५ लाख प्रति महिना तलब दिएका छन् । सलामानको फिल्म बडिगार्ड शेराको जीन्दगीबाटै प्रेरित भएर बनाईएको थियो । शेरालाई अमिताभ बच्चनको पनि सेक्युरिटी दिईसकेका छन् । एजेन्सी

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…