म घमण्डी छैन – नायिका माला लिम्बु

नायिका माला लिम्बु राम्रो अभिनय गर्ने कलाकारमा पर्छिन । कुनै चलचित्र खेल्नुअघि कथा हेर्ने र सो बिषयमा छलफल गरी सुझाव समेत पेश गर्ने बानीका कारण निर्माताहरु उनलाई चलचित्रमा खेलाउन डराउँछन । हक्की स्वभाव भएकी लिम्बु कुनै कुरामा चित्त नबुझे सिधै असहमति समेत जनाउँछिन ।

तपाई हक्की कि घमण्डी ?

म दुबै होईन । म आफुलाई सही लागेको कुरा सहज ढंगले राख्छु । कुनै कुरामा चित्त नबुझेमा म त्यसको प्रतिवाद गर्छु र आफुले जानेको कुरा अरुलाई भन्छु ।

आफनो रुपको घमण्ड कत्तिको छ ?

पटक्कै छैन । म रुपमा भन्दा पनि काममा बिश्वास गर्छु ।

कस्ता चलचित्रमा अभिनय गर्नुहुन्छ ?

म प्रायजसो चलचित्रको कथा पढिसकेपछि आफुलाई मन पर्यो र त्यो कथालाई न्याय गर्न सक्छु जस्तो लाग्यो भने मात्र काम गर्छु । नत्र म सिधै गर्दिन भन्छु ।

बढी खर्चिलो हुनुहुन्छ रे ?

हाहाहा कस्ले भन्यो त्यस्तो होईन । म सामान्य मानिस सरह नै गर्छु र कसैलाई त्यस्तो डिमाण्ड पनि गर्दिन ।

छिटो रिसाउनु हुन्छ रे हो ?

होईन । म आफुलाई चित्त नबुझेको कुरा स्पष्ट भन्छु । म मनमा कुरा राख्दिन । भएको कुरा भन्दा कोही रिसाउँछ भने त्यसमा मेरो भन्नु केही छैन ।

Purbeli TV

तपाईको प्रतिक्रिया