मेलिना र बलबहादुरको “जेल पनि सहुँला” सार्वजनिक (भिडियाे सहित)

इटहरी / गायिका मेलिना राई र बलबहादुर राजवंशीको स्वरमा रहेको “जेल पनि सहुँला” गीत सार्वजनिक भएको छ । गीतको भिडियोमा लक्ष्मी बर्देवा र जविन भट्टराईको अभिनय देख्न सकिन्छ । गीतको शब्द रोहन पौडेल जनक, संगीत र एरेन्ज हरी लम्सालको रहेको छ । भिडियोलाई लक्ष्मी बर्देवा र जीवन भट्टराई स्वयंले निर्देशन गरेका छन् भने छायांकन बुद्ध थापाले गरेका छन् । भिडियोमा लक्ष्मी लाई एक शिक्षिकाको रुपमा देखाइएको छ भने जीवन गेट पालेको रुपमा रहेका छन् । गेट पाले र शिक्षिकाको प्रेमलाई भिडियोमा देखाइएको छ ।

तपाईको प्रतिक्रिया