मेरी छोरी संसारकै उत्कृष्ट छोरी : अभिषेक बच्चन

बलिउड महानायक अमिताभ बच्चनकी नातिनी तथा अभिषेक,ऐश्वर्याकी छोरी आराध्या मुम्बईस्थित धीरुभाई अम्बानी इन्टरनेशनले स्कुलमा पढ्छिन्।जहाँ अभिनेता आमिर खानका छोरा आजाद राव खान उनका मिल्ने साथी हुन्।

अभिषेक बच्चन थुप्रै दिनदेखी अनुराग कश्यपको फिल्म ‘मनमर्जिया’ को सुटिङको लागी कश्मीरमा रहेका थिए। सुटिङ सक्किएर घर फर्केका अभिषेकलाई ६ बर्षीया छोरी आराध्यले एक नोटमा आफ्नै हातले ‘आइ लव यू पापा’ लेखेर उपहार दिएकी थिइन्।छोरीको नोट देखेपछि अभिषेक भावुक बनेका थिए।जुन कुरा अभिषेकले इन्स्टाग्राममा सार्वजानिक गरेका छन्।अभिषेकले ह्यासट्याग मार्फत छोरी आराध्यालाई संसारकै उत्कृष्ट छोरी बताए।

अभिषेक सन् २००७ मा विश्व सुन्दरी तथा बलिउड अभिनेत्री ऐश्वर्या रायसँग विवाह बन्धनमा बाँधिएका थिए।अभिषेक-ऐश्वर्याका एकमात्र सन्तान आराध्य हुन्। अभिषेक सबैभन्दा धेरै समय छोरीलाई दिने र छोरीसँगै रमाउने गर्छन्। पानाखबर बाट

PURBELI TV

तपाईको प्रतिक्रिया