मेघास्टार अनमोल बने रकस्टार, उनको गीत सुनेर दर्शकदीर्घामा सुहाना लट्ठै (भिडीयो सहित)

ईटहरी/ भोली अर्थात चैत्र २९ बाट प्रदर्शनमा आउन लागेको चलचित्र ”ए मेरो हजुर ३” को शीर्ष गीत तथा भिडियो सार्वजनिक भएको छ । ‘सत्य भन्छु’ बोलको गीतमा गायक प्रताप दासको आवाज रहेको छ । केही समय अघि चलचित्रको अडियो सार्वजनिक भएको थियो । गीतमा रवि मल्लको लेखन साथै कल्याण सिंहको सङ्गीत रहेको छ l चलचित्रमा अनमोल र डेब्यु गर्ल सुहानाको मुख्य भूमिका रहेको छ । म्युजिकल लभ स्टोरीमा बनेको चलचित्रमा अनमोल एक म्युजिसियनको भूमिकामा प्रस्तुत हुदैँछन् ।

झरना थापाको निर्देशन रहेको चलचित्रमा अनमोल र सुहानाको अलावा सलोन बस्नेत, अर्पण थापा, रविन्द्र झा, रुपा घिसिङ, रक्षा गौतम, विशाल पहाडी, रेअर राई, सरोज खनाल लगायत कलाकारहरूको अभिनय रहेको छ ।

Subscribe Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…