मिस सुनसरीमा देखियो विवाद

आयोजकले नै गरे युवतीमाथि दुर्व्यवहार

इटहरी । इटहरीमा जारी प्रथम मिस सुनसरी प्रतियोगिताका आयोजकले नै युवतीहरूलाई यौन दुरव्यवहार गरेको पाइएको छ । पल इन्टरटेनमेन्ट काठमाडौ र लेडी जेसीज इटहरीको संयुक्त आयोजना भएको प्रतियोगितामा आयोजक मध्ये पल इन्टरटेनमेन्टका प्रमुख पल भनिने अमित पौडेलले सहभागी युवतीहरुको संम्वेदनशिल अंगमा हात लगाएका हुन ।

साउन ७ गते फोटो सेसनको क्रममा पौडेलले जबरजस्र्ती ‘एक्सपोज’ हुन भन्दै छाती र कम्बरमा हात लगाएको युवतीहरुले आरोप लगाएका छन् । सहभागीलाई पौडेलले जबरजस्र्ती अर्धनग्न तस्बिर खिच्न दबाब दिएका थिए । जसमा उनले युवतीहरुको गोप्य पहिरनमा पटक पटक हात लगाएको आरोप छ ।

आयोजक तर्फबाट नै यस्तो व्यवहार भएपछि तिनजना युवतीले तालिम छोडेका छन् । यौन दुरव्यवहार भएको बिषयमा आयोजक मध्ये लेडी जेसीजका पदाधिकारीलाई पिडित युवतीहरुले जानकारी गराएका थिए । तर यस्ता कार्यले कार्यक्रममाथि असर पर्ने भन्दै लेडी जेसिजले यो घटना दबाउन खोजेको बताइएको छ ।

जेठ २२ गते २१ जनाले अडिसन दिएकोमा १८ जना क्लोज क्याम्पमा थिए । तर, हाल ४ जना हाराहारीले प्रतिस्पर्धा छाडिसकेको छन् । उनका अनुसार फारम शुल्क बापत एक हजार र अन्य तालिम खर्चबापत १५ हजार गरेर हरेक युवतीहरूले १६ हजार तिरेका छन् । यसरी महँगो शुल्क तिर्दा पनि सामान्य नास्ता समेत आयोजकले नदिने अनि सम्पूर्ण वस्त्रहरू पनि आफैँले किन्नुपर्ने अर्की एक युवतीको गुनासो छ ।

यता आयोजक मध्येको लेडी जेसिज इटहरीका अध्यक्ष मिनु न्यौपानले फोटो सेसन गराउने दिन आफुहरुलाई खबर नगरेको बताइन । अमित पौडेल जिले त्यस दिन खबर गर्नु भएन पछि केही बैनीहरुले गुनासो लिएर आएको न्यौपानले स्विकारिन । ‘अमित जिको व्यवहारमाथि हाम्रो पनि शंका छ,’ उनले भनिन ‘युवतीहरुले लगाएको आरोप प्रति हामी अनुसन्धान गछौ’ ।

आरोप लागेका पल इन्टरटेनमेन्टका प्रमुख अमित पौडेलले युवतीहरुलाई त्यस्तो नगरेको दाबी गरे ।

‘प्रतिस्पर्धा मन नपराउने केही सहभागीहरु बाहिरीएका हुन,’ उनले भने ‘उनिहरुकै योजनामा प्रतियोगिता र आफुलाई बदनाम गराउन खोजेका हुन’ ।

Purbeli TV

तपाईको प्रतिक्रिया