मिस सी स्टारमा अन्जली

भैरहवा / मिस सी स्टारको प्रतियोगीताको रुपमा भैरहवाकी अन्जली शाह ठकुरी छनौट भएकी छन् । स्कुल एजुकेशन एक्जाम (सी) दिएकाहरु सहभागी उक्त प्रतियोगीतामा सहभागीहरुलाई आयोजकले अहिले विभिन्न प्रशिक्षण दिइरहेको जनाएको छ । १५ जना प्रतियोगी मध्ये भैरहवाकी ठकुरीको प्रदर्शन पनि उत्कृष्ट देखिएको छ । बुद्ध ज्योती स्कुल भैरहवाबाट एसएलसी सरहको सी परिक्षा दिएकी ठकुरी सिनपा १२ आवारोड चौंककी हुन् । सानै उमेरदेखी मोडलिंग र कला प्रदर्शनीमा रुची राख्ने ठकुरी यसअघिका विभिन्न प्रतियोगितामा पनि प्रतियोगी भएकी थिईन् ।
आगमी जेठ २५ गते फाइनल प्रतियोगिता हुने उक्त मिस सी स्टारका प्रतियोगिहरुले आफुहरुलाई भोट दिन आग्रह समेत गरेका छन् ।

 

 

प्रतियोगीताको १४ नम्बर प्रतियोगी रहेकी ठकुरीले आफुलाई फेसबुकमा लाइक गर्न र मोबाइल नम्बरबाट कन्टेसटेन्ट नम्बर १४ टाइपगरी ३४२४३ मा पठाउन पनि अनुरोध समेत गरेकी छन् । प्रतियोगीतामा सहभागी प्रतियोगीहरुमध्ये धेरै मत पाउने र निर्णायकबाट गरी विजेता छनौट गरिने प्रावधान राखिएको आयोजकले जनाएका छन् ।

 


यता ठकुरीको बुबा विजय विक्रम र आमा विष्णु चिना) शाहले पनि भैरहवा रुपन्देही क्षेत्रकी एक मात्र प्रतियोगी अन्जलीलाई मतदान गरी भैरहवाकी चेलीको सम्मान गरिदिन आग्रह गरेकी छन् । भवानी इन्टरटेनमेन्टको आयोजनामा भइरहेको उक्त प्रतियोगिताको टयालेन्ट शो आगमी शनिबार काठमाण्डौंमा हुन गइरहेको उक्त कम्पनिका निर्देशक सोनीत ढुंगेलले जानकारी दिए । कुल ३५ जना मध्ये १५ जनालाई छनौटगरी बैशाख १९ गतेदेखी प्रतियोगीहरुलाई विभिन्न तालिम दिइरहेको आयोजकले जनाएका छन् । प्रतियोगिताको फाइनल भने जेठ २५ गते राष्ट्रिय नाचघर जमलमा हुनेछ । प्रतियोगिताका विजेतालाई प्लस टु लेभलको पुर्ण छात्रावृति, ल्यापटप र अन्य पुरस्कारको पनि व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया

Loading…