मिस वर्ल्डबाट ‘निकिता’ आउट, मिस ईन्डियाले पहिरियो ताज

ईटहरी / मिस नेपाल २०१७ बिजेता निकिता चाण्डक मिस वर्ल्डको ताज पहिरिनबाट बान्चित भएकी छिन् । आजको छनौट कार्यक्रमबाट उनी टप १५ बाटै बाहिरिएकी हुन् । टप ४० पुगेपछि भोटिङ पनि खुल्ला गरिएको थियो । धेरै नेपालिले भोट गरेपनि उनले मिस वर्ल्डको १५ प्रतिष्पर्धी नहुदै बाहिरिइन ।चीनको सान्यास्थित ‘सान्या सिटि एरेना’मा भइरहेको मिस वर्ल्डमा निकिता विभिन्न राष्ट्रका ११८ जना सुन्दरीहरुमध्ये चाण्डक यसअघि नै ‘हेड टु हेड च्यालेन्ज’मार्फत उत्कृष्ट ४० मा प्रवेश गरेकी थिइन् । त्यसपछि उनी अगाडि बढ्न सकिनन् ।

मिस वर्ल्डमा नेपाली प्रतियोगीले पाएको यो सबैभन्दा ठूलो उपलब्धी पनि हो ।उत्कृष्ट १० मा मिस रुसिया, मिस ईन्डोनेशिया, मिस ईङ्ल्यान्ड, मिस कोरिया, मिस जमैका, मिस ईन्डिया, मिस साउथ अफ्रिका, मिस केन्या, मिस फ्रान्स, मिस म्यक्सिको रहेको थियो भने मिस ईन्डियाकि मानुशी चिल्लर ले मिस वर्ल्ड २०१७ को ताज पहिरिएकी छिन् ।निकिता उत्कृष्ट १० मा पर्न नसकेपनी उनले नेपालिको मन भने जितेकि छिन् ।

उनि सो प्रतियोगिताको अन्डरडकको रुपमा आएर टप ४० सम्म पुग्नु नै ठूलो उपलब्धि मानिन्छ । मिस वर्ल्ड फाइनलको प्रत्यक्ष प्रसारण मिस वर्ल्डको आधिकारीक वेबसाइट बाट पनि प्रसारण गरिएको थियो ।

तपाईको प्रतिक्रिया