मिस ब्युटी आइकनको उपाधि इटहरीकी प्रेजिनालाई

इटहरी / इटहरीको बिस्व आदर्श कलेजमा भर्खरै प्लस टु सकेकी इटहरीकी प्रेजिना नेपालले प्रमुख निर्णायक हर्शिका श्रेष्ठको प्रश्नको सटिक उत्तर दिदै अन्य १० जना प्रतिस्प्रधीहरुलाई पछि पार्दै मिस ब्युटी आइकन २०१९ को उपाधि जितेकी छिन् ।

५.४ इन्च अग्ली १८ बर्षीय प्रेजिÞनाले मिस ब्युटी आइकनको उपाधि संगै रु पचास हजार नगद पुरस्कार तथा मिस पुर्वान्चलमा सिधा प्रवेश पाएकी छिन् ।उनले मिस फ्रेन्डशिपको सब(टाइटल समेत जितिन । त्यस्तै ५.५ इञ्च अग्ली १७ बर्षीय मनिला सिम्खडाले फर्स्ट रनर अप को उपाधि संगै रु तिस हजार नगद पुरस्कार तथा मिस पुर्वान्चलमा सिधा प्रवेश पाएकी छिन् ।उनले मिस बेस्ट वाक र मिस मल्टिमेडियाको सब(टाइटल समेत जितिन भने निशा सुब्बाले सेकेन्ड रनर अप को उपाधि संगै रु पन्ध्र हजार नगद पुरस्कार जितेकी छिन् । तिनै जनाले नेपाल एयर होस्टेज एकेडेमीको तर्फबाट एयर होस्टेज ट्रेनिग कोर्षको अवसर पाएका छन् ।

त्यस्तै मिस ट्यालेन्ट इश्ना गुरुङ ,मिस पब्लिक चोइस सुहाना श्रेष्ठ , मिस इन्टलेक्चुअल र मिस फोटोजेनिक कशिस बस्नेत ,मिस एथलेटिक समिक्षा अधिकारी र मिस पर्सनालिटी प्रतिमा राईले जितेका छन् । प्रत्येक टाइटल बिजेता ले रु पांच हजार पुरस्कार पाएका छन् । एमके फोटोग्राफीको आयोजना तथा मिस पुर्वान्चल २०१८ सेकेन्ड रनर अप तथा मिस इटहरी २०१७ कि बिजेता तपस्या रनापहेलीको कोरियोग्राफी रहेको कार्यक्रममा निर्णायकहरुमा नायिका हर्शिका श्रेष्ठ , मिस पुर्वान्चल २०१७ रुबी लिम्बु , मिस पुर्वान्चल २०१८ पुजा श्रेष्ठ , नेपाल पत्रकार महासंघ , सुनसरीको उपाध्यक्ष सन्तोष काफ्ले , पाथिभरा जब लिंकको सीइओ पवन अधिकारी , ट्रेनर सुरेश राई र सिजी ब्रुअरीको डेपुटी म्यानेजर खेम कुइकेल रहेका थिए ।

तपाईको प्रतिक्रिया

Loading…