मिस पूर्वाञ्चलका सुन्दरीहरूलार्इ हस्पिटालिटिको प्रशिक्षण (तस्विरहरू सहित)

सुनसरी /  मिस पूर्वाञ्चलका सहभागीहरुलाई सोमबार हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा जानकारी गराउने उद्देश्यले एक दिने प्रशिक्षण दिइएको छ ।  धरान इन्टरनेशनल कलेज अफ होटल म्यानेजेमन्टका सिइओ तथा प्राध्यापक लोकेन्द्र श्रेष्ठले मिस पूर्वाञ्चलका सहभागीहरुलाई हस्पिटालिटि म्यानेजमेन्ट तथा डाइनिङ एटिच्युट बारेमा एक दिने प्रशिक्षण दिएका थिए ।

उनले डाइनिङमा बसेर खाने तरिकादेखि लिएर, शरिरलाई मेनटेन गर्न चाहिने खानाका मात्रा, ब्लालेन्स डाइट, फुड पोइजनिङ सम्बन्धी सिकाएका थिए । उनले कलेजको प्रयोगशालामा सहभागीहरुलाई व्यवहारिक शिक्षा (प्राक्टिकल) समेत दिएका थिए ।  मिस पूर्वाञ्चलको आयोजक सिल्भर इन्टरटेनमेन्टका प्रबन्ध निर्देशक सौरभ श्रेष्ठका अनुसार हस्पिटालिटिको प्रशिक्षणमा सहभागीहरुलाई अन्तराष्ट्रिय प्लेटफर्ममा पर्फमेन्स गर्ने तरिका समेत जानकारी गराइएको बताए ।

सोमबारै भएको अर्काे प्रशिक्षण भने युरेका स्कुलका प्रिन्सिपल राजेन्द्र गुरुङले प्रतियोगितामा आफुलाई कसरी अब्बल बनाउने र अन्य भन्दा आफु कसरी ट्यालेन्ट हुने भन्ने विषयमा प्रशिक्षण समेत दिएका थिए ।

 

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…