मिस कलेज नेश्नलको फाइनल अन्तिम चरणमा

इटहरी । मोफसलमा पहिलो पटक आयोजना गरिएको राष्ट्रिय स्तरको मिस कलेज २०१७ को ग्राण्ड फिनाले कार्तिक १ गते इटहरीमा हुने भएको छ । कलेजका बिद्यार्थीहरुलाई आफनो प्रतिभा प्रस्फुटन गर्न र समाजिक कार्यमा सहभागी गराउने उदेश्यका साथ एरिना टेलिभिजनले आयोजना गरेको मिस कलेजको फिनाले इटहरीमा हुने भएको हो ।

इटहरी स्थित लायन्स क्लबको सभाहलमा भब्यताको साथ गर्न लागिएको फिनालेको तयारी अन्तिम चरणमा पुगेको छ । बिभिन्न स्थानका कलेजमा अध्यनरत १४ जना प्रतिस्पर्धी मध्ये पहिलो चरणमा टप १० बाट टप ५ छनौट गरिने छ । दोस्रो चरणमा टप ५ वटा ३ जना विजेता र उपविजेता घोषणा गरिने छ । प्रतिस्पर्धीहरुलाई सन २००० कि मिस नेपाल उषा खड्गीले कोरियोग्राफि गरिरहेकी छिन । मिस कलेजको उपाधि पाउनेले हिरो कम्पनिको स्कुटी पाउने छ । त्यस्तै विजेता उपविजेता तिनजनाले एक हप्ताको थाईल्याण्ड टुरमा जाने अवसर पाउने छन् ।

साथै विजेताहरुले मोडलिङ्ग, टेलिभिजनमा कार्यक्रम प्रस्तोता र म्युजिक भिडियोमा अभिनय गर्ने अवसर पनि प्राप्त गर्नेछन । प्रतियोगिता तयारी अन्तिम चरणमा पुगेको जानकारी दिदै आयोजक टेलिभिजनका प्रबन्ध निर्देशक समिर कार्कीले प्रतियोगिता अवधिभर बिभिन्न राष्ट्रिय स्तरका कलाकारले आफनो प्रस्तुति देखाउने बताए । प्रतियोगितालाई स्मार्ट एडुकेशन एण्ड भिसा सर्भीसले टाइटल स्पोन्सर गरेको छ भने हिरो कम्पनीको मोटरसाइकल एमएस टे«र्डसले मुख्य प्रायोजन गरेको छ ।

तपाईको प्रतिक्रिया

×