मिस कलेज नेश्नलको उपाधि रुसालाई

इटहरी । मिस कलेज नेश्नलको उपाधि इटहरीकी रुसा न्यौपानेले जितेकी छिन । १६ बर्षिय रुसा इटहरी स्थित कस्तुरी कलेजमा अध्यानरत छिन । उपाधि सगै न्यौपानेले हिरो कम्पनिको स्कुटी र थाइल्याण घुम्ने अवसर समेत प्राप्त गरेकी छिन । बुधबार इटहरीमा सम्पन्न फाइनलमा १४ जनालाई पछि पादै उनले मिस कलेजको तास पहिरिन सफल भएकी हुन ।

इटहरीस्थित एरिना टेलिभिजनले आयोजना गरको मिस कलेज नेश्नलमा फस्ट रनरअपको उपाधि इटहरीकी स्नेहा भट्राईले जितेकि छन । उनि पनि इटहरी स्थित कस्तुरी कलेजमा अध्यानरत हुन । यस्तै सेकेण्ड रनरअपको उपाधि धनकुटा स्थित तुल्सी मेयर कलेजकी बरुना राईले जितेकि छिन । उपाधिसगै फस्ट र सेकेण्ड रनरअपले पनि थाईल्याण्ड घुम्न जाने अवसर पनि प्राप्त गरेका छन । कलेज स्तरका बिद्यार्थीहरुको बौदिक तथा व्यवहारिक क्षमता प्रस्फुन गर्ने उदेश्यले आयोजना गरिएको प्रतियोगितामा कलाकार तथा निर्देशक दिपा श्री निरौला, नायिका बर्षा राउत, निर्देशक दिपक समन, उत्तम बनेपाली र पिएलओका संञ्चालकन भोलेश्वर दुलाल निर्णायक रहेका थिए ।

विजेता तिनै जनालाई मोडलिङ्गको कन्ट्राक्ट र भिजे बन्ने अवसर टेलिभिजनले प्रदान गर्ने छ । स्मार्ट एडुकेशनले टाइटल स्पोन्सर गरेको प्रतियोगिताका बिजेताहरुलाई निर्णायकहरुले ताज र उपाधि प्रदान गरेका थिए । मोफसलमा पनि राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्न सक्छ भन्ने उदाहरण पूर्ण भएको र कलेज स्तरका बिद्यार्थीको क्षमतामा थप अवसर प्रदान गरेको आयोजक एरिना टेलिभिजनका प्रमुख समिर कार्कीले बताए । मिस कलेज निरन्तर रुपमा अगामी बर्ष पनि आयोजना गर्ने उनले बताए । प्रतियोगितालाई २००० कि मिस नेपाल उषा खड्कीले कोरियोग्राफि गरेकी थिइन ।

 

तपाईको प्रतिक्रिया

Loading…