मिस्टर पूर्वाञ्चल एण्ड मिस क्विन पूर्वाञ्चलको अडिसन धरानबाट शुरु

धरान। युवा युवतीहरुको लुकेको प्रतिभालाई बाहिर ल्याउदै उनीहरुको वृत्ति विकासका लागि शुरु भएको मिस्टर पूर्वाञ्चल एण्ड मिस क्विन पूर्वाञ्चलको अडिसन धरानबाट शुरु भएको छ । धरान १८ एनवी होटलमा भएको अडिसनको पहिलो दिन सुनसरी, मोरङ र झापाका ३० जना भन्दा बढीले अडिसन दिएका छन् ।

अडिसनको पहिलो दिनमा निर्णायको रुपमा मिस्टर धरान २०७३ का विजेता सुमित आचार्जु, मिस धरान ०७३ की विजेता विपना श्रेष्ठ र शिक्षाविद् गगन श्रेष्ठ रहनु भएको थियो । निर्णायकहरुले प्रतिष्पर्धीलाई देशको राजनीतिक अवस्था, यो क्षेत्रमा आउनुको प्रमुख कारणबारे सोध्नुका साथै आफूभित्र भएको खुवी प्रस्तुत गर्न लगाएका थिए ।

ओस्कर नेपाल इन्टरनेन्टमेन्टको आयोजनामा भएको सो अडिसन राउन्डमा भाग लिन आएका प्रतियोगीहरुले आफूभित्र लुकेको प्रतिभालाई प्रस्तफुटन गराउदै भविष्यमा ठूलो मोडल, कलाकार बन्ने इच्छा रहेको बताएका थिए । विगतमा काठमाण्डौमा मात्र हुने यस्ता टाइटल प्रतियोगता पछिल्लो समयमा पूर्वाञ्चलमा समेत एक दर्जन भन्दा बढी हुने गरेको छ ।

मोडल भन्ने वित्तिकै समाजले हेर्ने दृष्टिकोण फरक भएकोले यसलाई चिर्नकै लागि पनि भएपनि आफूहरुले यो प्रतियोगिताको आयोजना गरेको आयोजक संस्थाकी इक्सा लिम्बुले बताउनुभयो । प्रतियोगितामा पुरुषतर्फ मिस्टर पूर्वाञ्चल र महिलातर्फ मिस क्विन पूर्वाञ्चलको टाइटल छानिने र छानिएकालाई अवार्डसंगै पुरस्कारको समेत व्यवस्था गरिएको लिम्बुले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

Loading…