मिस्टर नेपालको अडिसन इटहरीमा हुने

इटहरी / एक्सपोज नेपालले आयोजना गरेको मिस्टर नेपाल २०१८ को प्रदेश नं. १ को अडिसन इटहरीमा हुने भएको छ । सन् २००१ देखि सुरु भएको मिस्टर नेपाल प्रतियोगिताको ८ औ संस्करणको अडिसन असार २३ गते इटहरीस्थित गंगा जमुना पार्टी प्यालेजमा अडिसन हुने भएको हो । इटहरीमा पत्रकार सम्मेलनको आयोजना गरि पुरुषहरूको सौन्दर्य लगायत ब्यक्तित्वको प्रदर्शन गर्ने उदेश्यका साथ मिस्टर नेपाल बिगत ८ बर्षदेखि निरन्तर प्रतियोगिता आयोजना गदै आएको आयोजक एक्सपोज नेपालको सिईओ अर्चना थापाले जानकारी दिइन ।

अडिसनमा सहभागी हुने प्रतियोगिले एक्सपोज नेपालको कार्यालय अथवा वेबसाइटबाट फारम प्राप्त गर्न सक्नेछन । थापाका अनुसार प्रतियोगीको उचाइ ५ फिट १० इन्च हुनु पर्ने साथै १८ देखि २८ सम्मको उमेर अविवाहित हुनु पर्ने पत्रकार सम्मेलनमा जानकारी दिइन । प्रतियोगिले प्रतियोगितामा भाग लिन १ हजार रुपैयाँको फारम भर्नु पर्दछ । आवेदन फारम इटहरीको नागी डान्स सेन्टर, मेलिना फोटो स्टुडियो बिराटनगर, फन्क्र फ्युजन डान्स ऐकेडमी धरान र क्कटेल्स एण्ड ड्रिक्स इटहरीमा उपलब्ध हुनेछ ।

यस बर्ष मिस्टर नेपालको टाईटल बिजेताले ‘सुजुकी इन्ट्रडर’ बाईक पाउनुको साथै बिजेता तथा उपबिजेताहरुले बिभिन्न स्पोन्सर उपहार जित्न सक्ने छन । मिस्टर नेपालको उपाधि जित्नेले मिस्टर वल्डको प्रतिनिधित्व गर्ने पनि पत्रकार सम्मेलनमा बताइएको छ । मिस्टर बल्ड बिश्वभरका पुरुषहरु सहभागी रहने बिश्वकै ठुलो प्रतियोगिता हो ।

अडिसनबाट छानिएका प्रतियोगिलाई व्यक्तित्व बिकास, स्वमिङ, फुटबल, रक क्लाइमिङ, समाजसेवा, सर्ट हाइकिङ, क्याटवाक, पब्लिक स्पिकिङ लगायतका बिषयमा दंक्ष प्रशिक्षकबाट प्रशिक्षण गराइने छ । अडिसन इटहरीसगै काठमाडौ, पोखरा, चितवन, बुटवल, धनगढी लगायतका प्रमुख शहरहरुमा आयोजना गरिने छ । पहिलो चरणको अडिसनबाट छानिएका प्रतियोगीले मात्र अन्तिम प्रतिस्पर्धामा सहभागि जनाउन सक्ने छन ।

यस प्रतियोगितामा हाल सम्म नेपालबाट जिवन लुइटेल, गौतम सुवेदी, डा. आयुष्मान घिमिरे, सुरेश गौली, गणेश अग्रबाल, रोहित थेवे, उज्वल कार्की, सुमेश घिमिरे, सुरज सिलवाल लागयत बिजेता भइसकेका छन ।

Purbeli TV

तपाईको प्रतिक्रिया