‘महिलामाथी बियर खन्याउनु चाहिं के हिंसा होइन ?’ – दीपकराज गीरी

केही दिनयता नेपाली चलचित्र बजारमा नायिका ऋचा शर्मा र ‘छक्का पञ्जा’ टीमको फेसबुक युद्ध निकै चर्चामा छ । ‘छक्का पञ्जा’ टीमले फेसबुकमार्फत ऋचालाई गेट विल सुनु भनेर लेखेदेखि ऋचालाई समर्थन गर्दै नायिका रेखा थापाले ‘छक्का पञ्जा’ टीमलाई जोक्कर भनेसम्मका घट्ना अझै सेलाएको छैन ।

केही दिन अगाडि राजधानीमा आयोजित एक कार्यक्रममा बोल्ने क्रममा नायिका ऋचा शर्माले ‘छक्का पञ्जा’मा महिलालाई दैनिक पिट्न पाउनु पर्छ भन्ने दृश्यमा ताली पिट्ने दर्शकलाई मूर्खु भनेको अभिव्यक्तिले यतिबेला ठूलै चर्चा पाएको छ । यस विषयमा चलचित्रकर्मी र दर्शकहरु पनि विभाजित भएका छन् ।

ऋचालाई फेसबुकबाट मात्र चोटिलो प्रहार गर्दै आइरहेका हास्यकलाकार दीपकराज गिरीले बुधवार आफ्नो विचार पोख्ने एउटा गतिलो मञ्च पाए । फिल्म फिर्केको ट्रेलर सार्वजनिक कार्यक्रममा उपस्थित भएका दीपकराजले झण्डै १० मिनेट लामो आफ्नो भनाईमा ऋचामाथी मात्र प्रश्नका भारी थोपरे । उनले आफूहरुले निर्माण गरेको कुनै पनि फिल्ममा महिला हिंसा नभएको भन्दै अन्य फिल्ममा महिलामाथी बियर खन्याउनु महिला हिंसा हो कि होइन रु भन्दै ऋचामाथी प्रश्न गरे ।

दीपकराजले भने, ‘फिल्मलाई नराम्रो भन्न पाइन्छ । संसारका कुनै पनि फिल्म सर्वप्रिय छैन । फिल्मले व्यापार गर्‍यो भन्दैमा राम्रो फिल्म हुन्छ भन्ने छैन र व्यापार गतिलो नगर्दैमा फिल्म राम्रो हुन्न भन्ने हुँदैन । यसलाई दाँज्ने र तौलने कुनै तराजु छैन ।’ मेरो भनाईको आशय के हो भने हाम्रो फिल्ममा महिला हिंसा छैन ।’, दीपकराजले भने । न्यूज२४नेपालबाट

तपाईको प्रतिक्रिया