महामारीमा बन्द रहेकाे इम्पेरियल पुन: संचालनमा , माघे सङ्क्रान्तिकाे अवसरमा विशेष सांगीतिक कार्यक्रम

इटहरी । लामाे समयकाे काेराेना महामारीका कारण बन्द अवस्थामा रहेकाे इटहरी स्थित इम्पेरियल लाउन्ज पुनसंचालनमा आएकाे छ ।  माघे सङ्क्रान्ति तथा माघी पर्वको अवसर परी सांगीतिक तथा बिभिन्न कार्यक्रम सहित संचालनमा आएकाे हाे । काेराेना महामारीका कारण बन्द भएकाे लाउन्ज थप सेवा सुबिधा सहित संचालनमा अाएकाे  प्रबन्धक गाेपाल गिरिले बताए ।  गिरिका अनुसार पुन संचालन संगै आयाेजना हुने कार्यक्रममा बिभिन्न कलाकारहरूकाे  बेजाेड प्रस्तुति रहनुका साथै सांगितिक कार्यक्रममा  टिकाहाड्ग एण्ड द द्रव्य व्यान्ड, डाइनामिक्स बेन्ड, र्यापर जि परिताेष लयायतहरूकाे प्रस्तुती रहनुका साथै बिभिन्न मनाेरन्जनात्मक खेलहरू संचालन हुनका साथै रेम्प वर्क, फेसन साे, फुड स्टल लगायतका बिभिन्न प्रस्तुतीहरू रहने जनाइएकाे छ ।

कार्यक्रम २०७५ साल माघ १ गते बिहिकार बेलुका ५ बजे शुभारम्भ हुने जनाएकाे छ । इम्पेरियलले अाफ्नाे स्थापनाकाल देखिनै बिभिन्न यस्ता बिभिन्न कार्यक्रमहरू आयाेजना गर्दै आइरहेकाे छ ।

प्रदेश १ को मुख्य ब्यापारिक हवका रुपमा बिकास हुँदै गरेको ईटहरीमा पछिल्लो समय ठुलो लगानीमा खुलेको ईम्पेरियल लाउन्ज को बिशेष चर्चा रहेको छ । ईटहरी चौकदेखि करिब १ किलोमिटर उत्तर धरानरोड स्थित पिपल चौकमा करिब ३ बर्षअघि देखि सञ्चालनमा आएको सो लाउन्ज यतिबेला ग्राहकहरुको मुख्य रोजाईमा पर्न थालेको छ ।

प्रदेश १ मै बढी लगानी गरिएको मध्येमा पर्ने, भुकम्प प्रतिरोधक र आकर्षक डिजाईनमा निर्माण गरिएको लाउन्जमा बिभिन्न संगितिक कार्यकम, व्यूटी प्रजेन्ट, फेसन साे, प्राेडक्ट लन्च, पार्टी, बिवाह लगायतका कार्यक्रहरू आयोजना भईरहेका छन ।

तपाईको प्रतिक्रिया