महँगो पारिश्रमिक लिएपछि माग्नेलाई प्रश्नै प्रश्न, अब यसरी तह लाग्दैछ १० लाख

नेपाली फिल्म नगरिमा पारिश्रमिकमा महङ्गो कलाकार र निर्देशक बढ्ने क्रम निकै छ । प्रदिप खड्का, अनमोल केसि, पल शाह लगायतका नायक मात्र हैन हास्यकलकार पनि महँगो हुँदै गएका छन् । पारिश्रमिकको पछिल्लो प्रसङ्ग हो केदार घिमिरे-माग्नेबुढाको ।

उनले पुजा शर्मा र सुदर्शन थापा निर्मित एक फिल्मको लागि १० लाख पारिश्रमिक लिए । यसपस्चात उनी समाचार हेडलाईन बने । यो खबर बाहिरिए पछि माग्नेलाई प्रश्नहरूको ओईरो लागेको उनले सामाजिक संजालमा लेखेका छन् । हेर्नुस् प्रश्नै प्रश्नमा घेरिए पछि उनले सामाजिक संजालमा यस्तो लेखेका छन् ।

हिजो दिनभरी आएका प्रश्नहरू :- ओह्हो केदार जी दश लाखै लिएको हो ? होइन होला ? साॅच्चै हो नि ? हाम्लाई त सत्यकुरा भन्नुन , धरोधर्म ? मिडियामा भन्ने त दश होला, खास लिएको चैॅ कती ? । मेरो निस्कर्ष :- भनेपछी नेपाली कलाकारले “लिने दाम” र “भन्ने दाम” फरक हुॅदोरहेछ । नोट : मैले पाउने दश लाख मध्यबाट 1,50,000/- राज्यलाई कर तिर्छु (15%)। र 1,00,000। समाजसेवामा लगाउॅछु (10%)। बाॅकी रहेको रकम बोर्डीङ स्कुलमा , कलेजमा, हस्पिटलमा, किराना पसलमा, म:म: पसलमा,तरकारी पसलमा,कपडा पसलमा, इन्टरनेटमा,पेट्रोलपम्प आदिमा लगानी गर्ने बिचार गर्दैछु।

तपाईको प्रतिक्रिया