मनीषाकाे अभिनयमा ‘संजू’ को ‘कर हर मैदान फ़तहु’ रिलीज (भिडियाे)

एजेन्सी । फिल्म ‘संजू’ को गीत ‘कर हर मैदान फ़तहु’ रिलीज भएको छ । उक्त गीतमा मनीषा काेइरालाकाे अभिनय रहेकाे छ । बलिउड सुपरस्टार नायक संजय दत्तको जीवनमा आधारित फिल्म ‘संजू’ ले यति बेला चर्चा बटुल्दै छ । यो फिल्ममा रणवीर कपूरले संजयको भुमिका निभाएका छन् ।

रणवीर कपूर संजय दत्तको विभिन्न अवतारमा देखिएको छ । विक्रम मोन्ट्रोसेले संगीत भरेका गीतमा सुखविंदर सिंह र श्रेया घोषालले स्वर दिएका छन् । संजय दत्तको रुपमा रणवीरलाई देख्दा दर्शकहरु छक्क परेका छन् ।

रणबीरले संजय दत्तको भुमिका राम्रोसँग निर्वाह गरिएका छन् । रणवीर कपूर ,परेश रावल र मनीषा कोइरालाले यस गीतमा अभिनय गरिएका छन् । गीतमा रणवीर कपूर , र नर्गिसको रोल गर्ने मनीषा कोइरालाबीचको सम्बन्धलाई ड्रीम सीक्वेंसबाट देखाइएकाे छ । फिल्ममा अनुष्का शर्मा, दीया मिर्जा,सोनम कपूर , परेश रावल , मनीषा कोइराला, बमन ईरानी र विक्की कौशल कलाकारहरु रहेका छन् । ‘संजू’ फिल्म २९ जून २०१८ मा रिलीज हुने भएको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया