मनपर्ने मान्छेलाई बोक्नुहाेस्, ५१ हजार पुरस्कार जित्नुहोस्

मंसिर १ गतेबाट रिलिज हुन् लागेको चलचित्र ‘झ्यानाकुटी’ को पोस्टरमा अभिनेत्री बेनिशा हमालले अभिनेता सौगात मल्ललाई बोकेको देखाईएको छ । बेनिशाको काँधमा सौगात देखिएका छन्। सोहि शौलिमा फोटो खिचेर सामाजिक संजालमा अपलोड गर्न सकिनेछ। सबैभन्दा बढी लाईक पाउने एक जोडीले ‘झ्यानाकुटी’ टिमको तर्फबाट रु. ५१००० जित्न सक्नुहुनेछ।

चलचित्र रिलिजको समयसम्म प्रतियोगितामा सहभागी हुन् सकिने निर्मात्री निशा अधिकारीले जानकारी दिएकी छिन्। सिमोस सुनुवारको निर्देशनमा तयार भएको चलचित्रमा सौगात मल्ल, बेनिशा हमाल, सुमी मोक्तान लगायतको अभिनय रहेको छ। कमेडी जनराको चलचित्रलाई सिमोस र निशाले मिलेर निर्माण गरेका छन्।

याे पनि पढ्नुहाेस् 

यस्ताे छ ‘झ्यानाकुटि’को ट्रेलर ( भिडियो सहित)

तपाईको प्रतिक्रिया