मंसिरमै लगनगाँठो कस्दै अभिनेत्री स्वेता

काठमाडौं / अभिनेत्री श्वेता खड्काले विवाह गर्ने भएकी छन् । उनले यहि मंसिर २२ अर्थात ७ डिसेम्बरमा बिवाह गर्न लागेकी हुन् । उनले धनगढीका विजयेन्द्र सिंह रावतसँग यही मंसिरमा लगनगाँठो कस्न लागेकी हुन् ।

श्वेता र रावतको विवाहका बिषयमा छापिएको विवाह कार्ड अहिले सार्वजनिक भएको छ । जसले उनले रावतसँग बिवाह गर्न लागेको समेत पुष्टि गर्दछ ।
विवाहको निम्तो कार्डमा उनको बैवाहिक समारोह गोकर्ण फरेष्ट रिसोर्ट हुने लेखिएको छ । फिल्म ‘कहाँ भेटिएला’बाट अभिनयमा डेब्यु गरेकी स्वेताले यस अगाडि स्वर्गिय अभिनेता श्रीकृष्ण श्रेष्ठसँग वि.सं २०७१ साल असार २३ गते विवाह गरेकी थिइन् । बिहे भएको करिब एक महिनापछि श्रीकृष्णको निधन भएको थियो ।

यस अगाडि उनको बिवाह गत ५ मंसिरमा हुने हल्ला चलेको थियो । त्यतिबेला पनि उनले बिहे गर्ने खबर झुट भएको बताएकी थिइन् । स्वेता र विजयेन्द्रको बिषयमा मिडियामा पहिलो खबर त्यतिबेला बाहिर आएको थियो । जतिबेला उनले विजेन्द्रको आमालाई शुभकामना दिएकी थिइन् ।

तपाईको प्रतिक्रिया