भ्वाइस अफ नेपालमा यसकारण प्रमाेदले कान समातेर मागे माफी

काठमाडौं / चर्चित रियालिटी शो ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रममा निर्णायक प्रमोद खरेलले गायिका अभया सुब्बासँग माफी माग्नुपरेको छ । गायक प्रमोद खरेलले गायिका अभया सुब्बा ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रमकै बिचमा कान समातेर माफी माग्नुपरेको हो । उनले ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रम आइतवार चलिरहेको बेलामा नै कार्यक्रमकी निर्णायक मध्येकी एक गायिका सुब्बासँग कान नै समातेर ‘सरी’ भनेका हुन् ।

अभया सुब्बाले आफ्नो टिममा लिन ठिक्क परेको प्रतियोगी सुदामा गौतमलाई गायक खरेलले आफ्नो पक्षमा लोभ्याएर लगेपछि उनले माफी माग्नुपरेको हो । त्यो बिचमा दुई निर्णायकबिच वादविवाद नै परेको थियो भने अभयाले प्रमोदलाई आफूले मन पराएको प्रतियोगका लागि किन फर्किएको भनेर प्रश्न गरेकी थिईन् । ‘टिभिएस अपाचे दि भ्वाइस अफ नेपाल’ कार्यक्रमका दुबै निर्णायकले प्रतियोगीलाई आफ्नो पक्षमा पार्न निकै प्रयास गरेका थिए र त्यसबिचमा गायक खरेल र गायिका सुब्बाबिच जुहारी चलेको थियो । खरेलले निकै प्रभाव पार्दै सुदामालाई आफ्नो पक्षमा पार्न सफल भएका थिए ।

गायिका सुब्बाले आफ्नो टिममा नआएपछि प्रतियोगी सुदामालाई प्रमोदलाई नै फेरी गरेर अंगालो हाल्न ‘हग गर्न’ भनेकी थिईन् । त्यसपछि गायक खरेलसँग निकै रिसाएकी गायिका सुब्बाले अंग्रेजीमा तिमिले घुम्न हुँदैन थियो भनेपछि उनले कान समातेर नै ‘सरी, सरी’ भने । हाल चलिरहेको ब्लाइण्ड अडिसनबाट कुल ४८ जना ब्याटल राउण्डमा प्रवेश गर्नेछन जसमा प्रतियोगीहरुले एक आपसमा प्रतिस्पर्धा गर्नुपर्नेछ ।

अहिले चलिरहेको ब्लाइण्ड अडिसनबाट दिप श्रेष्ठ, सनुप पौडेल, अभया सुब्बा र प्रमोद खरेल मध्ये कसको टिम ससक्त र उत्कृष्ट हुन्छ भन्ने थाहा पाउन अझै केहि कुर्नुपर्ने हुन्छ ।
नेपालमा अहिलेसम्मकै भव्य र रोमान्चक कार्यक्रमको रुपमा संचालन भईरहेको टिभिएस अपाचे दि भ्वाइस अफ नेपालले नेपाली गित संगितको क्षेत्रमा नयाँ आयाम कोर्न सफल हुने अपेक्षा गरिएको छ । टिभिएस अपाचे सिरिज आरटिआर दि भ्वाइस अफ नेपाललाई टिभिएस अपाचेले मुख्य प्रायोजन गरेको छ ।

Purbeli TV

तपाईको प्रतिक्रिया