भोली १९ गतेबाट युट्युबमा जात्रा

गएको सालको हिटलिस्टको दाजोमा आएको चलचित्र ‘जात्रा’ भोलि अर्थात माघ १९ गते युट्युबबाट पूरा फिल्म सार्बजनिक हुदैछ । केही समय अघिबाट ‘सिनेमा घर’ मोबाईल एप्लिकेसनबाट पनि फिल्म हेर्न सकिने ब्यवस्था मिलाईएको थियो । ‘जात्रा’ पूरा फिल्मलाई हाईलाईट्स नेपाल नामक युटुब च्यानल मार्फत सार्बजनिक गरिदै छ ।

देशबिदेशमा छरिएर रहेको नेपालिहरुको लागि नेपाली फिल्म हेर्न युट्युब एउटा विशेष सिनेमा हलकै रुपमा रहेको छ भन्दा फरक पर्दैन । नेपाली सिनेमा हलमा ५१ दिन मनाउन सफल रहेको ‘जात्रा’लाई प्रदिप भट्टराईले निर्देशन गरेका हुन् । फिल्ममा रबिन्द्र सिंह बानियाँ, रबिन्द्र झा, विपिन कार्की, वर्षा राउत लगायतका कलाकारको मुख्य भुमिका रहेको थियो ।

तपाईको प्रतिक्रिया