भुवन बास्तोलाको मार्मिक शब्दमा राजेश पायलको ‘चङ्गा उडेझै’ (भिडियाे सहित)

इटहरी / नेपाली गीत संगीतको बजारमा राजेश पायल राइ कुनै नौलो नाम होइन । माया प्रेम, वेदना र राष्ट्रिय गीत सिर्जनामा सक्रिय थुप्रै गित सङ्गै आधुनिक सुगम संगितका लोकप्रिय गायक राजेश पायल राइको मार्मिक गित ‘चङ्गा उडेझै’ सार्वजनिक भएको छ ।

भुवन बास्तोलाको शब्द रहेको मार्मिक गितले एक गरिब र धनी युवकसँग प्रेम रहँदा आइपर्ने उतारचढाव बारे देखाएको छ। पैसामा प्रेम खोज्ने एक युवती र चोखो मायाको बदलामा धोका पाएको एक गरिब युवक बिचको प्रेम सम्बन्धलाई भुवन बास्तोलाले गितको शब्दमा कोरेका छ्न ।

त्रिकोणात्मक प्रेमकथामा आधारित ‘ चङ्गा उडेझै ‘ गितको म्युजिक भिडियोलाई शिर कुमार साम्पाङले निर्देशन गरेका हुन । शिरले पछिल्लो समय बेस्ट सिनेमाट्रोग्राफी २०२० को अवार्ड पाएका थिए । एक्दमै मार्मिक गित चङ्गा उडेझैको शब्द अनि म्युजिक भिडियो हेर्दा अहिलेका वास्तविक प्रेम घटनालाई चित्रण गरिएको देख्न सकिन्छ। भुवन बास्तोलाको शब्द, आर.सि फुलाहाङको सङ्गीत र गजेन बन्तवाकाे एरेन्ज रहेको गितमा भुवन ,तेज ,गिब्सोन ,करिश्मा र गिता फिचर्ड छ्न ।

तपाईको प्रतिक्रिया