भुवनले ल्याए नयाँ गीत ‘आफ्नो ठानेर’

इटहरी / चर्चित गायक तथा संगीतकार भुवन सुप्तिहाङ राईको ‘आफ्नो ठानेर’ युटुव मार्फत सार्वजनिक भएको छ । ३५० गीतमा संगीत गरिसकेका राईले आफ्नै युटुव च्यानल मार्फत उनका गीत सार्वजनिक गरेका हुन् ।

लोकप्रिय गायक राजेशपायल राईको स्वर रहेको छ भने सन्देश सोङमेन राई को शब्द रहेको छ । उक्त्त गीत समर्पित एल्वममा संग्रहित गीत हो । उनको स्वरमा रहेको एकल गीतिसंग्रह ‘बदनाम’ र ‘सम्मान’ पछिल्लो समयको चर्चित गीतिसंग्रह हुन् ।

भुवनले हालसम्म ३ सय ५० गीतमा संगीत भरिसकेका छन् भने चलचित्रका गीत र फुटकर गरी ५ सय गीतमा स्वर दिएका छन् । यसअघि उनका ‘तिम्रो माया’ (२०६०), ‘सजेसन’(२०६५), ‘मायाको फूल’ (२०६७), ‘बदनाम’ (२०६९) गीति संग्रह आइसकेका छन् । गीतसंगीतलाई मानवीय सद्भाव र सम्बन्ध बलियो पार्ने कसीका रूपमा बुझेका भुवन दुई दशकदेखि संगीत क्षेत्रमा साधनारत छन् ।

Loading…

तपाईको प्रतिक्रिया

Loading…

Loading…