भीषणको ‘खोर्सानी डल्ले’ मा तक्मे र रेखा (भिडियो सहित)

काठमाडौं । गायक तथा संगीतकार भीषण मुकारुङको नयाँ गीत ‘खोर्सानी डल्ले’को भिडियो सार्वजनिक भएको छ । गायक भीषणकै शब्द, संगीत र स्वर रहेको गीतको भिडियोमा चर्चित हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मेबुढा), फिल्म र भिडियोकी अभिनेतृ रेखा लिम्बु फागो, धेरै फिल्म र भिडियोमा अभिनय गरेका कलाकारहरु सुरवीर पन्डित, रामचन्द्र अधिकारी, अरुणा कार्की, पछिल्लो समय कुल्फीवाला भनेर चिनिएका मनकुमार राई र गायक भीषणले अभिनय गरेका छन् ।

विल्सनकै निर्देशन समेत रहेको भिडियोले दर्शकको मन जीत्न सफल भएको छ । पूर्वेली लोक शैलीको यो गीतले पुनः चर्चामा ल्याउने गायक भीषणको आशा छ । लामो समयदेखि सांगीतिक क्षेत्रमा रहेका भीषणका ‘अँधेरीमा जुन फुल्दा’, ‘चन्द्रमुखी’ लगायतका धेरै गीत चर्चित छन् । भिडियो लिंक :

Purbeli TV

तपाईको प्रतिक्रिया