भारतीय नायक जितेन्द्रलाई बुढेसकालामा यौनकाे शोषणकाे अाराेप !

भारतीय अभिनेता जितेन्द्रलाई बुढेसबालमा यौन शोषणको बात लागेको छ । उनलाई उनकै एक जना नातेदारले यौन शोषण गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी गरेकी छिन् । भारतका स्टार अभिनेता जितेन्द्रले भने यो आरोप निराधार भएको दावी गरेका छन् ।

जितेन्द्रका वकिल रिजवान सिद्दिकीले एक विज्ञप्ती जारी गर्दै निराधार एवम् वेतुकको आरोप भएको दावी गरेका छन् । जितेन्द्रको वकिलले ५० वर्षपछि कसैले मनगढन्ते आरोप लगाएको बताएका छन् । कानुनत यस्ता घटनामा तीन वर्ष्भित्र रिपोर्ट गर्नुपर्ने भन्दै जो कसैको बदनाम गर्ने अधिकार कसैलाई नभएको बताए ।

उजुरीकर्ताले हिमाचल प्रदेशका प्रहरी महानिर्देशकलाई उजुरी गर्दै भनेकी छन्, ‘घटना सिमलाको हो, १९७१ मा यो घटना हुँदा म १८ वर्षकी थिएँ, उनी २८ वर्षका थिए ।’ उजुरीकर्ताका अनुसार जितेन्द्रले नयाँदिल्लीबाट सिमलासम्म आउने ब्यवस्था गरेका थिए । जहाँ जितेन्द्र सुटिङ गर्दै थिए । उजुरीकर्ताका अनुसार सिमला पुग्दा राति भएको थियो जितेन्द्र नशामा थिए । नशाको सुरमा युवतीको कोठामा पुगेका जितेन्द्रले खाट जोडेर सँगै सुतौं भन्दै यौन शोषण गरेका थिए ।

तपाईको प्रतिक्रिया