भारतले नेपालको इमेज नै डामाडोल हुनेगरी सोच्नै नसक्ने नकरात्मक कुरा भनिएको खुलासा

काठमाडौ । भारतले नेपाललाई पनि पाकिस्तान र अफगानस्तानकै सूचिमा राखेको छ । भारतले खुलेर नभने पनि चलचित्रहरुमा नेपाललाई आतं’कवादीको देश मान्ने गरेको खुलासा भएको छ । चलचित्र एउटा यस्तो माध्यम हो जसमा सत्य कुरालाई पर्दामा देखाउने गरिन्छ । भारतजस्तो देशमा चलचित्र एक विज्ञापनको मुख्य पाटो पनि हो ।

चलचित्रहरुमा देखाइएका दृश्यले धेरै अर्थ राख्ने गर्दछ । यस्तै हालै युट्यबमा आएको एक चर्चित चलचित्रमा नेपालबारे सोच्नै नसक्ने गरि नकरात्मक कुरा भनिएको छ । भारतीय प्रहरीको जीवनमा आधारित चलचित्रमा नेपाललाई आतं’कवादीको देशको रुपमा चित्रण गरिएको छ । शहरमा ब’म वि’ष्फोट भएको घटनापछिको दृश्यमा भारतीय प्रहरी अधिकारीले अफगानस्तान, पाकिस्तान, नेपाल लगायत धेरै देशका बच्चाहरुले हात हति’यार खेलाउने गरेको भनिएको छ ।

नेपाल आफु यस्ता कुराहरुबाट ब’र्बाद भएर भारतलाई पनि ब’र्बाद पार्न खोजिरहेको छ भनेर भनिएको छ । यो चलचित्रको नाम मास मसाला रहेको छ । यसको कथा र निर्देशन कृष्ण वंशीदे गरेका छन् । यस चलचित्रका निर्माता साजिद कुरैशी रहेका छन् । यसमा सुन्दिप किशन, साई धरम तेज, तनिश, रेजिना केसन्ड्रा, प्रज्ञा जायसवाल, प्रकाश राज लगायतको अभिनय रहेको छ ।

तपाईको प्रतिक्रिया

Loading…