भारतकाे लखनऊमा गायिका कनिका कपूरसहित चार जनालाई कोरोनाको संक्रमण

एजेन्सी / भारतीय गायिका कनिका कपूरलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण भएको पुष्टी भएको छ । कोरोनाको संक्रमण देखिएपछि उनलाई उत्तर प्रदेशको राजधानी लखनऊको केजीएमयू अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ। उनी पाँच दिनअघि (मार्च–१५)मा लण्डनबाट भारत फर्किएकी थिइन् ।

लखनऊमा एक अपार्टमेन्टमा बसेकी कनिकाले एक होटलमा पार्टी पनि दिएकी थिइन्। पार्टीमा करिब पाँच सय जान सहभागी थिए ।
कानिकालाई कोरोनाको संक्रमण देखिएपछि उनको पार्टीमा सहभागी भएकाहरुको खोजी भइरहेको स्वास्थ्य विभागलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् । उनीहरुको सबैको नमुना परीक्षण गरिने स्वास्थ्य विभागले जानकारी दिएको छ ।

पार्टीमा सहभागी व्यक्तिहरुमा कोरोनाको संक्रमण देखिए अस्पतालको निगरानीमा राखिने बताइएको छ । लखनऊमा कनिकासहित चार जनालाई कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया

Loading…