भाईरल बन्दै विरेन्द्रको “घर हाम्रो लेकैमा” (भिडियाे सहित)

ताप्लेजुङ / हालै यु–ट्युव मार्फत सार्वजानिक भएको “घर हाम्रो लेकैमा हो नेपाल देशैमा, क्या दामी देखिन्छे मेरी मायालु नाकैमा बुलाकी आफ्नो भेषैमा, त्यही माथी हिउँ फुल्यो कालो केशैमा”  यि शव्दहरु अहिले बच्चावच्चि देखि बुढापाका सम्मले गुनगुनाउन थालेका छन् । मिलन विछोडको विषयमा आधारित यो गीतको भिडियो हाईलाईट्स नेपालबाट केही दिन अघि मात्र सार्वजानिक भएको हो । सार्वजानिक भए संगै विभिन्न एफएम रेडियोबाट समेत बाक्लो रुपमा सुन्न थालिएको छ भने यु–ट्युव मार्फत हेर्नेको संख्या पनि बढ्दो छ । वरिष्ठ ईन्जिनियर तथा गायक विरेन्द्र श्रेष्ठको स्वरमा रहेको यो गीतको म्युजिक भिडियो पुर्वका विभिन्न रमणिय क्षेत्रमा छायाङ्कन गरिएको छ ।

भिडियोमा सञ्चारकर्मी दिनेश लिङ्खिम, र मिस तामाङ २०१६ को विजेता दृप्ती तामाङले अभिनय गरेका छन् । सुमन योञ्जनको निर्देशनमा रहेको भिडियोलाई देवराज सिग्देलले छायाङ्कन गरेका हुन् भने हेमन्त योञ्जनले सम्पादन गरेका हुन् । भिडियोमा कुन्साङ डान्स सेन्टर ताप्लेजजुङको कोरस नृत्य रहेको छ भने पाँचथर फिदिमका निरोज ठाकुरको नृत्य संयोजन रहेको छ । यस्तै उदयराज पौडेलले एरेन्ज गरेका छन् । गीतमा दिपक शर्माको शव्द तथा संगीत रहेको छ ।

पछिल्लो समय ईन्जिनियर पेशा संगै गीत संगीतमा समेत समय दिन थालेका श्रेष्ठका अन्य गीतहरु पनि उत्तिकै चर्चामा रहेका छन् । आफ्ना गीतहरुले चर्चा पाए संगै श्रेष्ठले सुचिन्दा एल्वम बजारमा ल्याउने तयारी समेत गरेका छन् । यो एल्वममा सम्भु राईको संगीत तथा चर्चित मोडल पल साहको अभिनय रहेको तिरमिर भयो आखाँको ज्योती, टिका भण्डारीको संगीत साथै मन्डला थिएटरका चर्चित कलाकारको अभिनय रहेको तिम्रो मन संग आज, घर हाम्रो लेकैमा लगायतका ६ वटा गीतहरु समावेश हुने छन् ।

व्यवसायिक रुपले जलविद्युतको क्षेत्रमा कार्यरत रहेर योगदान पु¥याउँदै आएका श्रेष्ठले आफुलाई आफ्ना गीत संगीतले थप प्रतिष्ठित बनाएकोमा र सवैले आफ्ना गीतहरुलाई रुचाईदिएकोमा अझ प्रेरणा मिलेको बताए । समाज परिवर्तनका लागि गीत संगीत पनि गतिलो माध्ययम हुने तर्क गर्दै श्रेष्ठले गीत संगीतको क्षेत्रलाई पनि निरन्तरता दिदै जाने बताएका छन् ।

तपाईको प्रतिक्रिया