भाईरल ‘प्रिया प्रकाश’को अर्को गीत रिलिज, ३ महिनापछि फेरि देखियो उस्तै जादू (भिडियो सहित)

एजेन्सी/ फिल्मको छोटो भिडियोका कारण अत्याधिक चर्चित बनेकी दक्षिण भारतीय हिरोइन प्रिया प्रकाश वारियरको अर्को गीत रिलिज भएको छ । यो गीत उनको डेब्यू फिल्म ‘ओरु अदार लभ’को दोस्रो गीत हो ।

यही फिल्मको पहिलो गीत रिलिज भएसँगै प्रिया भाइरल भएकी थिइन् । फिल्मको सुटिङ पूरा हुनै लाग्दा फिल्मको दोस्रो गीत रिलिज भएको हो । यो गीतमा पनि प्रिया प्रकाश र उनका अनस्क्रिन प्रेमी रोशन अब्दुल रहुफले आफ्नो प्रेमकथाको जादू चलाएका छन् । यो गीत स्कुलको विज्ञान प्रयोगशाला र पार्कका सुटिङ भएको छ । फिल्म सेप्टेम्बरमा रिलिज हुँदैछ । यो फिल्म मलायालमसँगै हिन्दी र तमिल भाषामा रिलिज हुनेछ ।

Purbeli TV

तपाईको प्रतिक्रिया