भाइरल गित ‘हेर यो मुटुमा चिरा पर्या छ’को फिमेल भर्सन सार्बजनिक (भिडियो सहित)

इटहरी /बादल थापाको सब्द, संगीत तथा स्वर रहेको गित ‘हेर यो मुटुमा चिरा पर्या छ’को सफलता पछि उक्त गीतको फिमेल भर्सन पनि सार्बजनिक भएको छ। सार्बजनिक गीतमा सुमधुर स्वरकी धनि अस्मिता अधिकारीको स्वर रहेको छ भने सब्द तथा संगीत स्वयम् बादल थापाकै रहेको छ। केहि समय अगाडी सार्बजनिक गरिएको उक्त गीतलाई युटूबमा ६ मिलियन भन्दा बढीले हेरेर मन पराइसकेका छन्।

फिमेल भर्जनको उक्त गीतमा स्मृति सहि र पुस्प बोहोराको पनि स्वर सुन्न सकिन्छ भने बिश्वास नेपालले उक्त गित एरेञ्ज गरेका हुन। निर्देशक सृजन बरालको निर्देशनमा बनेको सार्बजनिक गीतको भिडियोमा चिरन्जिबी सापकोटा, रोशनी कार्की, प्रेम पुरी, समिक्षा पोखरेल र मनिसा आचार्य फिचर्ड छन्। उक्त गीतको मेल भर्शन टिकटकमा सर्बाधिक भाइरल समेत भएको थियो।

कुमार रानाले मिक्सिङ्ग गरेको उक्त गीतको भिडियोलाइ दिनेश शाहले सम्पादन तथा मिक्सिंग गरेका हुन् भने उक्त गीतको भिडियोलाई आहा टिभीको युटूब च्यानलबाट सार्बजनिक गरिएको छ भने सार्बजनिक भएको २४ घण्टा नपुग्दै ४३ हजार ८ सय भन्द बढी पटक हेरिसकिएको छ भने युटूब ट्रेण्डिङ्गको ४४ नम्बरमा आइसकेको छ। उक्त भिडियोलाई दिपक गिरीले छायांकन गरेका छन्।
हेर्नुस भिडियो:

तपाईको प्रतिक्रिया