भर्जिन कथा र भर्जिन लोकेशनमा पुरानो बुलेट

मोरङ । बर्षेनी दर्जनौ नेपाली चलचित्र निर्माण हुन्छन,कति प्रदर्शन हुन्छन त कति त्यतिकै पालो नपाएर थन्किएर बसेका छन । पुरानै कथा,पुरानै लोकेशन र बलिउडको सिको गर्दै बनाईएका दर्जनौ चलचित्रहरुले प्रर्दशन भएपनि हलमा पानी समेत भन्न पाउँदैनन् । चलचित्रमा प्रबिधि देखि नयाँपनको स्वाद दिन नसक्दा निर्माताहरुको करोडौ लगानी बालुवामा पानी भईरहेको अबस्था छ । यहि भिडमा भर्जिन कथा र भर्जिन लोकेशनमा नेपाली कथानक चलचित्र पुरानो बुलेट ले छायांकन शूरु गरेको छ । मोरङको लेटाङ भोगटेनीका बिभिन्न मनोरम दृश्यहरु र प्रदेश नम्बर १ का बिभिन्न मनोरम स्थानका दृश्यहरु चलचित्रमा समेटिएका छन ।

गाँउले परिबेशमा माया प्रेमको चट्नी हालेर बुनिएको कथामा नायक अनुपबिक्रम शाही,बर्षा शिवाकोटी,माला लिम्बु लगायतका कलाकारहरुको अभिनय रहने छ । एउटा पुरानो बुलेट,त्यहि बुलेटमा चढेर सजाईएका रंगिन सपनाहरु समय सँगै भत्किन्छन अनि फेरी समय सँगै जोडिन्छन चलचित्रको मुख्य कथा यहि सेरोफेरोमा घुमेको छ । चलचित्रको सबैभन्दा राम्रो पक्ष भनेको भर्जिन लोकेशन नै हो । हिमाल,पहाड र तराईको बाताबरण भएको लेटाङमा कथाको आधा भन्दा बढी भाग छायांकन हुने छ ।

चलचित्रमा महंगो प्रबिधि मानिएको रेड क्यामेराको प्रयोग गरिएको छ । चलचित्र उत्कृष्ट बन्नेमा आफु ढुक्क रहेको चलचित्रका कार्यकारी निर्माता सञ्चारकर्मी र केही म्युजिक भिडियो समेत निर्देशन गरिसकेको सन्तोष राई बताउँछन । उनी आफनो मेहनत खेर नजाने समेत बताउँछन ।

चलचित्रलाई लेखन तथा भिडियो निर्दैशनमा राम्रै ख्याति कमाएका भिषण राईले निर्देशन गरिरहेका छन । उनी आफुले जिवनको लामो समय पत्रकारिता र लेखनमा बिताएको अनुभवलाई यो चलचित्रमा प्रयोग गर्ने बताउँछन । चलचित्रको कथा समेत लेखेका राई चलचित्रको कथा सबैभन्दा बलियो पक्ष रहेको बताउँछन ।

चलचित्र निर्माणमा एक करोड बढी लगानी भएको चलचित्रको निर्माता मध्येका एक अशोक राई बताउँछन । उनी पनि साहित्य र सञ्चार कर्ममा आबद्ध रहेका छन । यो चलचित्रमा अधिकांश सञ्चारकर्मीहरुको सहभागिता देखिन्छ । राई चलचित्र निर्माणका क्रममा कुनै कन्जुस्याँई नगर्ने बताउँछन ।

चलचित्रको कथा फरक र आफुलाई मन परेका कारण यो चलचित्र आफनो लागी पनि कोसेढुंगा हुने नायक अनुपबिक्रम शाही बताउँछन । चलचित्रकी नायिका बर्षा शिवाकोटी आफना पुराना चलचित्र भन्दा पनि यो चलचित्रको कथा राम्रो भएको र चलचित्र चल्नेमा ढुक्क रहेको बताउँछिन । चलचित्र बुलेट यतिबेला सोही चलचित्रको बहुप्रतिक्षित गित असार १५ को छायांकनका लागी मोरङको गोकुलम रिसोर्टमा पुगेको छ ।

Purbeli TV

डेढ दशक बढी समयदेखि पत्रकारितामा क्रियाशिल बस्नेत पूर्वेली न्युजका सम्पादक हुनुहुन्छ ।

नरेन्द्र बस्नेतबाट थप

प्रदेश १ को नाम कोशी र राजधानी बिराटनगर

हिँउदे अधिबेशनले तोक्ला त प्रदेश १ को नाम र राजधानी ?

आर्थिक अभावका कारण दिदिभाई बने दृष्टिबिहिन

आदिबासी जनजातिमा सुचिकृत गर्न कुलुङ जातिको माग

यसकारण पुर्वाञ्चल बिश्वबिद्यालय गोठगाँउमा उपर्युक्त

भेडेटारदेखि हेलिकप्टरमा हिमाल, पहाड तराईको आकाश हुँदै प्रसिद्ध पाथिभराको दर्शन

अर्ना विनाको सुनसान र खल्लो कोशी टप्पु

अन्यौलमा प्रदेश १ को नाम र राजधानी

साधारणसभा नै नगर्ने यी हुन बेलबारीका संघसंस्था !

आहा…कोशीका माछा ! ( तस्विर तथा भिडियो)

तपाईको प्रतिक्रिया