ब्ल्याक ड्रेसमा खुलेको अभिनेत्री साम्राज्ञीको सौन्दर्यता (फोटो सहित)

इटहरी/ नेपाली सिने जगतमा छोटो समयमै एउटा स्थापित नाम हो साम्राज्ञी राज्य लक्ष्मी शाह । डेब्यु गरेको फिल्म देखि अभिनित कुनै फिल्ममा पनि सफलता र अभिनयका हिसाबले पछाडि फर्केर हेर्नू नपरेको एक सफल नायिका हुन उनी । बेला बेला विवादमा र आलोचनाको सिकार भैरहने उनी पछिल्लो समय नेपाली फिल्म क्षेत्रको बिकृतिको बिषयमा बोल्दा एक्लिईन् ।

सामाजिक संजालमा पनि निकै सक्रिय उनले आफ्नो केही फिल्महरुमा छायांकनको बेला दुर्व्यवहार भएको भनेर ईन्स्टाग्राम एकाउन्टबाट भिडियो सार्बजनिक गर्दै बोलेकी थिइन् । तर सिने क्षेत्रबाटै उनलाई समर्थनको कमि भएपछि उनको बोली बन्द भयो । तर यस्ता बिकृतीको बिरुद्धमा आवाज उठाईरहने उनको अभिव्यक्ति छ । सामाजिक संजाल फेसबुक तथा ईन्स्टाग्राममा उनी फोटो पोस्ट गर्न सक्रिय हुन्छिन । पछिल्लो समय उनले ब्ल्याक ड्रेसमा केही सुन्दर तस्वीरहरु सार्बजनिक गरेकी छन । हेर्नुस् उक्त तस्विरहरु ।

तपाईको प्रतिक्रिया