बोल्ड एन्ड ब्युटिफुल अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह (तस्विरहरू)

इटहरी / नेपाली चलचित्रको चर्चित नाम हो नायिका साम्राज्ञी राज्य लक्ष्मी शाह । चलचित्र ‘ड्रिम्स’ बाट फिल्म क्षेत्रमा प्रवेश गरेसँगै उनको सफलता चुलिएको हो । फिल्मको सफलतासँगै उनी एकाएक महंगी नायिकाको रुपमा स्थापित भइन् । पछिल्लो समयमा उनीद्धारा अभिनित चलचित्रले औसतमा मात्र सफलता पाउने गरेको छ । लकडाउनको अबधिमा उनलाई धेरै फिल्मको अफरहरु आए ।

जसमध्ये केही फिल्ममा उनी अनुबन्धित भैसकेकी छन् भने रेड वाईन फिल्ममा साम्राज्ञी र पुष्प खड्का बिवाहित जोडिको रुपमा देखिदैछन । लकडाउनका कारण फुर्सदमा बसेकी साम्राज्ञी यसबिचमा ठूलो विवादको झमेला समेत फसिन् । फिल्मी क्षेत्रको बिकृतीको बारे बोल्दा उनी आफै नकारात्मकतामा फसिन । पछि आफै चुप बस्नु परेको अवस्था छ । सामाजिक संजालमा पनि सक्रिय उनी विभिन्न तस्वीरहरुमा आकर्षक देखिन्छिन । हेर्नुस् हालै उनले सामाजिक संजालमा सार्बजनिक गरेकी केही तस्वीरहरु ।

तपाईको प्रतिक्रिया