बोकेदारी ले ल्याए ‘झापा सुरुङ्गा’ (भिडियाे सहित)

श्रीकृष्ण लुईंटेल (बोकेदारी) ले ‘झापा सुरुङ्गा’ गीत लिएर आएका छन् । कमेडी तथा चेतनामुलक गीति गायनका गायक उनले पुनः एकपटक सामाजिक चेतनामुलक गीत ‘झापा सुरुङ्गा’ गीत लिएर आएका हुन् । गीतमा उनले नेपाली समाजमा विवाहमा दिईने दाईजोको बिरोध स्वरुप आवाज उठाएका छन् ​।

विवाहको लागीअर्काको छोरी लिन आउँदा छोरी मात्र लिने बिश्वाशका साथमा आउँ र जीवन छोरीसँग बिताउने हो दाईजोसँग होईन भन्ने मुल नारा बोकेको उक्त गीतको म्युजिक भिडियो पनि अत्यान्तै सन्देशमुलक रहेको देख्न सकिन्छ​। गीतलाई दीपेश प्रसाईंले लेखेका हुन् भने सङ्गीत कृष्ण भण्डारीको रहेको छ । रावण एल्बममा समावेश यो गीतको बजार ब्यवस्थापन भाईब्स कृयसनले गरेको हो ।

तपाईको प्रतिक्रिया