बेलबारी ३ का नविन कोईरालालाई दोस्रो बेलबारी आईडलको उपाधि

बेलबारी । बेलबारी ३ का नबिन कोईरालाले दोस्रो बेलबारी आईडलको उपाधि जितेका छन । उपाधि सँगै उनले नगद ३० हजार समेत हात पारेका छन ।
शनिबार बेलबारी १ स्थित मदनमोहन आश्रित पुष्परत्न साँस्कृतिक भवनमा आयोजित फाईनल प्रतियोगितामा ६ जना फाईनालिष्ट मध्ये कोईरालाले उपाधि जितेका हुन । प्रतियोेगितामा बेलबारी ११ का रितेष तिम्सिना दोस्रो र बेलबारी ११ का रबिसन खत्री तेस्रो हुँदै क्रमश नगद १५ हजार र १० हजार हात पारेका छन ।

बिजेताहरुलाई बेलबारी नगरपाकिलाका मेयर ज्ञानेन्द्र सुवे्दी लगायतले पुरस्कार बितरण गरेका छन । अघिल्लो बर्ष शुरु भएको प्रतियोगिता कोरोना भाईरसका कारण एक बर्ष ढिलो फाईनल भएको र तेस्रो बेलबारी आईडल समेत शुरु गर्न लागिएको प्रतियोगिता आयोजक स्रष्टा समाजका सचिब तथा कार्यक्रम संयोजक जेबि थुलुंगले बताए ।

कार्यक्रममा उत्कृष्ट ६ जना फाईनालिष्टहरुले पहिलो चरणमा लोकभाकाका गीतहरु र दोस्रो चरणमा आफनो रोजाईका गीतहरु गाएका थिए । कार्यक्रममा पहिलो बेलबारी आईडल बिवेश मोतेले समेत आफनो प्रस्तुति राखेका थिए ।

तपाईको प्रतिक्रिया