बेडरुममा एक्लै भएसी किन लाग्छ नितालाई यस्तो रहर ?

काठमाडौं / यतिबेला नायिका निता ढुंगाना निकै चर्चा परिचर्चामा पनि छिन् । यतिबेला निता अभिनित चलचित्र ‘हुर्रे’ हलमा लागिरहेको छ भने अर्को प्रतिक्षित चलचित्र ‘पञ्चायत’ प्रदर्शनको तयारीमा रहेको छ । सँधै कुनै स्थानमा बसेर पत्रकारसँग कुरा गरेकी या मिडिया हाउससम्मै पुगेर अन्तरवार्ता दिएकी ढुंगाना आज आफ्नै बेडरुममा बसेर सञ्चारकर्मीसँग कुरा गरिरहेकी छिन् ।

आफ्नै बेडरुममा बसेर आफै बुम समाएर बोल्न पाउदा अभिनेत्री ढुंगानाले निकै आनन्द महसूस गरेकी छिन् । आफ्नै घर त्यसमाथि पनि बेडरुममै पत्रकारसँग कुरा गर्न पाएकी निताले जाडो मौसम भन्दा पनि आफूलाई गर्मी मौसम मन पर्ने बताईन् । बेडमै पत्रकार भेटेकी निताले मन खोलेर कुरा गरिन् । आज उनले चलचित्रका कुराकानी भन्दा पनि धेरै व्यवहारीक कुरा गर्न रमाईन् । घरमा खाना पकाउने बिहान कतिबेला उठ्ने भन्नेबारे निताले मन खोलिन् । आफ्नै घर पुगेका सञ्चारकर्मीसँग निताले आफ्नो घर सानो भएको र यही सानो घर आफूलाई स्वर्ग लाग्ने बताईन् ।

निताले आफ्नो घरभित्र पनि आफूलाई मन पर्ने कुरा यसरी बताई । निताले घरमा कोही नभएकोबेला बेडरुममै लाउड म्यूजीक लगाएर नाच्ने गरेको बताईन् । उनले नाँच्दै भाँडा धुने, खेल्ने, नाँच्ने र हाँस्ने बताईन् । उनले एक्लै हुँदा आफूले बेडरुममा गीत बजाएर नाँच्ने गरेको कसैले कल्पना गर्न नसक्ने बताईन् ।

तपाईको प्रतिक्रिया