बुद्ध लामाको पहिलो गीतमा यसरी पोखियो पल र आचलको प्रेम (भिडियो सहित)

इटहरी/ नेपालमा पहिलो पल्ट भित्रीएको अन्तर्राष्ट्रिय फ्रेन्चाईज शो ‘नेपाल आईडल’ को हाल दोश्रो सिजनको अडिसन हुने तयारिमा छ । यसै सिलसिलामा नेपाल आईडल पहिलो सिजनका बिजेता बुद्ध लामाको पहिलो गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ । ‘तिमी साथ भएपछि’ बोलको गीतलाई भर्खरै युट्युब मार्फत सार्बजनिक गरिएको हो ।

गीतको भिडियोमा अहिलेका हटकेक जोडि ‘पल शाह र आचल शर्मा’ले मज्जैले रोमान्स गरेका छन् । प्रायः भिडियो तथा फिल्महरुमा यो जोडि संगै देखिने गरेका छन् । यसैले पनि यी २ प्रेमिप्रेमिका हुन् भन्ने गर्छन् । हाल यो जोडि अभिनित फिल्म सत्रुगते यहि ९ गतेबाट प्रदर्शनको तयारिमा छ । सार्बजनिक गीतको भिडियोमा यी २ को प्रेम खुबै मज्जाले खुलेको देख्न सकिन्छ । हेर्नुस् भिडियो यस्तो बनेको छ ।

बुद्ध लामाले स्वर भरेको सार्बजनिक भिडियोको गीतमा सुरेश वाग्लेको शब्द समाबेश गरिएको छ । गीतलाई हरि लम्सालले कम्पोज गरेका हुन् । कलात्मक शैलिमा निर्माण गरिएको भिडियोलाई अर्जुन अधिकारीले निर्देशन गरेका छन् भने उत्सब दाहालले छायांकन गरेका हुन् ।

भिडियोको अन्त्यमा थोरै समय गायक बुद्धलाई देखाईएको छ भने बाकी सबै भागमा पल र आचलको रोमान्सलाई प्रस्तुत गरिएको छ । बुद्ध यतिबेला देश तथा बिदेशका विभिन्न कार्यक्रमहरुमा ब्यस्त छन् ।

PURBELI TV

तपाईको प्रतिक्रिया