‘बुगी वुगी’की उपाधी बिजेता कविताले स्कुलमा पाईन यस्तो सम्मान, अटोग्राफ लिने र सँगै कम्मर मर्काउने विद्यार्थीको उर्लियो भिड (भिडियो)

काठमाडौं / केही दिन पहिले एपिवान टेलिभिजनबाट प्रशारण हुँदै आएको रियालिटि शो ‘बुगी वुगी’ मा उपाधी जित्न सफल कविता नेपालीलाई यतिबेला भ्याईनभ्याई छ ।

उपाधी जितेपछि उनी खुसी साट्न निकै व्यस्त देखिएकी छिन् । आफूलाई नृत्य सिकाउने गुरु प्रशान्त तामाङका कारण उपाधी जित्न सफल भएको बताउदै आएकी कविता यतिबेला गुरु प्रशान्तकै साथमा विभिन्न स्थानमा उपाधी पाएको खुसी साट्न दौडिरहेको भेटिन्छिन् । उनी उपाधी जितेपछि उनी गुरुको साथमा कोटेश्वरको काञ्जिरवा स्कुलमा पुगेकी छिन् । जुन स्कुलमा कवितका गुरु प्रशान्तल नै नृत्य सिकाउने गर्छन् । त्यसैले कविता शुक्रबार उक्त स्कुलका विद्यार्थीसँग भेटघाट गर्न पुगेकी हुन् ।

सँधै कवितालाई टेलिभिजनको पर्दामा देखेका विद्यार्थीले विजेता कवितालाई आफ्नै सामू देख्दा निकै खुसी भएका थिए । उनीहरु कवितासँग कम्मर मर्काएर नाचेका समेत थिए । त्यति मात्रै होईन कवितासँग अटोग्राफ लिने विद्यार्थीको समेत ठुलो भिड लागेको थियो । सहभागी विद्यार्थीसँग कविता र उनको गुरु प्रशान्तले कम्मर मर्काउदा कम्ती रमाईलो देखिएको थिएन । उनलाई उपाधी जितेकोमा स्कुलले सम्मान समेत गरेको थियो ।

Purbeli TV

तपाईको प्रतिक्रिया