बिरबिक्रम-२ को प्रिमियरको लागि पल सिंगापुरमा


सिंगापुर / मिलन चाम्स द्वारा निर्देशित तथा पल शाह , वर्षा शिवाकोटी , नाजिर हुसेन , बुद्धि तामांग द्वारा अभिनित सुपरहिट चलचित्र बिरबिक्रम-२ को जुन २२ र २३ तारिखमा सिंगापुरमा हुने प्रिमियर सोको लागि नायक पल शाह आज सिंगापुर पुगेका छन् । सिंगापुरको चांगी एयरपोर्टमा नायक पल शाहलाई भब्य स्वागत गरिएको थियो ।

सिंगापुरको गोल्डेन माइल टावर बीचरोड स्थित रेक्स सिनेमामा सनिबार र आइतबार गरि दुइ दिन बिरबिक्रम(२ देखाइने र दुवै शोमा मुख्य आकर्षणको रुपमा नायक पल शाह रहने आयोजक नेपाली सिनेमा ग्रुप सिंगापुरका प्रिन्स लिम्बुले बताए । भब्य रेड कार्पेट सहित दुवै दिन भब्य कार्यक्रम सहित बिरबिक्रम(२ देखाईनेछ । सिंगापुरमा रहेका नेपालीहरुको छुट्टि मिलाएर गरिएको दुवै दिनको शोमा उल्लेखीय दर्शक सहभागिता रहने आयोजकले जनाएको छ ।

तपाईको प्रतिक्रिया

Loading…