बिबाह अघिको सेक्सलाई अब नेपाली समाजले स्वीकार्नु पर्छ : पुर्व मिस नेपाल माल्भिका सुब्बा

काठमाडौं । नेपाली समाजमा अलिक धेरैं महत्वकांक्षा राख्ने महिलाको रुपमा पूर्वमिस नेपाल माल्भिका सुब्बालाई लिइन्छ् । उनलाई धेरै युवायुवत्तीले आफ्नो ‘रोल मोडल’ मान्ने गर्दछन् । स्पष्ट विचार, स्मार्ट स्टाइल र बौद्धिकताकी धनी भएकैं कारण माल्भिकाले आफ्नो क्षेत्रमा दरिलो ठाउँ बनाइसकेकी छिन् । नेपाली समाजमा उनलाई र बैंकर रविना देशराजलाई एउटैं स्थानमा राखेर ब्याख्या गर्ने गरिएको छ । नेपाली समाजमा उनीहरु जस्तैं धेरैं नारीहरुको उदय भइरहेको छ । विशेष गरेर नेपाली समाजले गलत्त मान्ने गरेको यौनसम्बन्ध र अन्य सामाजिक विषयहरुमा आफ्नो स्पष्ट धारणा राख्न सक्ने भएका हुनाले पनि सुब्बाजस्ता महिलाहरुको चर्चा समयसमयमा हुने गर्दछ ।

उनले सामाजिक विषयहरु धेरैंमा आफ्नो असहमति भएको कुरा जनाउँदैं आएकी छिन् । नेपालमा विवाह भन्दा पहिले गरिने यौनसम्बन्धलाई गलत्त मान्ने गरिएको छ । तर, नेपालमा पछिल्लो समय बढ्दैं गएको पश्चिमा संस्कृतिले गर्दा नेपालमा पनि यसको नक्कल गरिन थालिएको छ । अहिले शहरी क्षेत्रहरुमा विवाह भन्दा पहिले परिवारको सहमतिमा नैं ‘लिभिङ टुगेदर’ जस्ता कुराहरुमा युवायुवत्तिहरु बस्ने गरेका छन् । नेपालमा यसको प्रभाव कहाँसम्म छ भने अहिले नेपाली जनताका बिचमा चर्चामा रहेका पत्रकार रबि लामिछानेले पनि अवैध सम्बन्धबाट एक सन्तान जन्माएका छन् ।

उनले अमेरिकामा रहँदा एक युवत्तिसँग सम्बन्ध राखेर विवाहपुर्व नैं सन्तान जन्माएको कुरा स्वीकार गरेका छन् । नेपाली समाजमा यसको प्रभाव हरेक दिन बाक्लो बन्दैं गएको छ । नेपाली समाजमा विवाह भन्दा पहिले यौन सम्बन्ध राख्नुलाई व्यक्तिको चरित्रसँग जोडेर हेर्ने गरिएको छ । यस विषयमा पुर्व मिसनेपाल सुब्बाको धारण भने अलिक फरक रहेको छ । उनका अनुसार, “शारीरिक सम्बन्ध र चरित्र फरक विषयहरु हुन् । शारीरिक सम्बन्ध चाहनेहरु चरित्रहीन हुन्छन् भन्ने हुँदैन । कोही ब्रम्हचारी नै छ भने पनि त्यो व्यक्ति उच्च नैतिकवान भएको ठोकुवा गर्न सकिदैन । यदी दुईले शारीरिक सम्बन्ध राख्छन् अनि अरुले उनीहरुलाई ‘क्यारेक्टरलेस’ भन्छन् भने पनि त्यो बेकार हो ।”

यौनसम्पर्कजस्तो विषयलाई कुनैपनि व्यक्तिको चरित्रसँग जोडेर हेर्न नहुने सुब्बाको तर्क रहेको छ । एक फरक प्रशंगमा सुब्बाले सम्बन्धलाई दिगो र टिकाउ बनाउँनको लागी अहिलेको युवा पुस्तालाई सल्लाह दिएकी छिन् । मानिसहरु धेरैं आशा लिएर सम्बन्धमा बाँधिने र पुरा नहुँदासम्म मनमुटाव हुने उनको तर्क रहेको छ । उनले भनिन, “धेरैजना समाजको डरले पनि सँगै बस्नुभएको छ । सँगै बस्दैमा खुसी मिल्छ भन्ने होइन । राम्रो अन्तरक्रिया र समयसँगै परिवर्तन हुने सोच र इच्छा भयो भने मिल्दो रहेछ । समयअनुसार परिवर्तन हुन नसक्दा पनि मनोमुटाव हुन्छ ।” मान्छे समयानुकुल हुन सक्यो र भावनालाई बुझ्न सक्यो भने सम्बन्धमा दरार नआउँने सुब्बाको तर्क रहेको छ । जनबाेलीबाट

Purbeli TV

तपाईको प्रतिक्रिया

Loading…