बिपिन कार्की र बर्षा राउत अभिनित फिल्म ‘गोपी’ युट्युबमा रिलिज (पुरा फिल्म सहित)

ईटहरी/ फिल्मी क्षेत्रको विभिन्न विधाबाट अवार्ड हात परिसकेका तथा कम समयमै दर्शकको ढुकढुकी बनेका सफल नायक बिपिन कार्की अभिनित चलचित्र “गोपी” युट्युबमा सार्बजनिक गरिएको छ । उक्त फिल्म गत बर्षको माघ १८ गते बाट देशभरका विभिन्न हलहरुमा एकै साथ प्रदर्शनमा आएको थियो । दीपेन्द्र लामा द्वारा निर्देशन गरिएको सो फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका छन् । फिल्ममा बिपिन कार्की लगायत वर्षा राउत, सुरक्षा पन्त, भोला सापकोटा, अंकीत खड्का, प्रकाश घिमिरे, रमेश अधिकारी, कुन्ती सिमाली, हिउबला गौतम, सरोज अर्याल, इन्द्रजित चौलागाईं, केशभ राई, कमल मणि नेपाल, अपूर्व गौतम, गणेश मुनाल, रामबाबु रेग्मी आदि कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

गोपी फिल्मले प्रदर्शन भएको मितिमा औसत सफलता हासिल गरेको थियो भने उक्त फिल्म आफ्नो आर्थिक वा पारिवारिक अवस्था सुधार्नका निम्ती विदेश गएर १० नंग्रा खियाएर रात् दिन पसिना बगाएर अरुको देशको बिकाश गर्नु भन्दा आफ्नै देशमा पनि केहि गर्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण बोकेको फिल्म हो । जसमा पनि आफ्नै देशमा बसेर विभिन्न ब्यवसाय गरेर मनग्गे पैसा कमाउन सकिन्छ साथै आफ्नै देशको बिकास समेत गर्न सकिन्छ भन्ने संदेश दिइएको छ ।

यस्तै फिल्ममा गाइ पालन गरेर पनि देशमै केहि गर्न सकिन्छ भन्ने कथा बस्तुलाई आधारित रहेर उक्त फिल्म बनाइएको छ । गोबिन्द के.सीले कोरियोग्राफ गरेको सो फिल्मका निर्माता आरोही के.सी. हुन भने सह-निर्माताको रुपमा श्रीधर पौडेल रहेका छन् । छायाकार रबि न्यौपानेको छायांकन रहेको सो फिल्ममा शिभ परियार, सन्तोष लामा, बानीका प्रधान, ध्रुब बिस्को तथा अञ्जिल रेग्मीको स्वर उक्त फिल्मको गितमा सुन्न सकिन्छ । सार्बजनिक भएको केहि समयमै धेरै दर्शकहरुले हेरिसकेका छन् भने धेरैले सकारात्मक प्रतिक्रिया समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया